“अग्नि सापकोटा, सिन्धुपाल्चोकैमा, रहेका बेला ,सयौँ नेता कार्यकर्ता, कांग्रेसमा प्रवेश;
2021, November 11th, Thursday

हाम्रोखबर संवाददाता

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।सोमबार त्रिपुरासुन्दरी गाउँपालिका–३ सुनकोशी बजारमा आयोजित वडास्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा एक सयभन्दा धेरै एमालेका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीमा स्वागत गरेका हुन् ।”

“त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका एक सयभन्दा धेरै नेता कार्यकर्ताले एमाले–माओवादी केन्द्रलाई छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।”

“त्रिपुरासुन्दरी गाउँपालिका वडा– ३ धुस्कुन र बाह्रबिसे नगरपालिका–८ मानेश्वाराबाट एमाले र माओवादीका धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।”

“कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, महासमिति सदस्य लीला नेपाल र युवा नेता भक्तध्वज बोहोरालगायतको सहभागिता थियो ।”

“माओवादी केन्द्रका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी भन्सार नाकाको निरीक्षण गरेकै बेला उनकै निर्वाचन क्षेत्रका सयौँ नेता कार्यकर्ताले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।”

“सापकोटाले सिन्धुपाल्चोकमा काम गर्न नसकेको भनेर गुनासाहरू आइरहेका छन् । सापकोटाले विकास गर्न नसकेपछि आफैले भोट दिएर जिताएर पठाएको पार्टी र सांसदलाई लात हानेर नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।”

“यसअघि पनि, एमाले र माओवादीका हजारौँ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरिसकेका छन् ।”

तपाईको प्रतिक्रिया