“दलहरुले ,नेता हरुले,जनता,लाई दोएर खान मात्र जानेः पूर्वप्रधानन्यायाधीश, श्रेष्ठ,
2021, November 11th, Thursday

हाम्रोखबर संवाददाता

“ललितपुर,  । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रजातन्त्र प्राइभेट कम्पनी जस्तो मात्र भएको टिप्पणी गरेका छन् । विशंखुनारायण सेवा सुधार समितिको २१ औं वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै हरेक क्षेत्रमा निजीकरण गर्ने गतिविधि ग,म्भीर भएको बताए ।”

‘प्रजातन्त्र प्राइभेट कम्पनी जस्तो भयो,’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘विशंखुनारायण क्षेत्रको जङ्गल समेत लिजमा दिने भन्ने विषय ग,म्भीर छ ।’ उनले प्रजातन्त्रका नाममा हरेक क्षेत्रमा निजीकरणको शैलीको विरोध गर्नुपर्ने बताए ।”

“राजनीतिक दलहरुले जनतालाई सही नेतृत्व दिन नसकेको टिप्पणी गरे । उनले भने, ‘जनता अगाडि छन् दलहरु पछाडि छन्, दलहरुले जनतालाई दोएर खान मात्र जाने नेतृत्व दिन जानेनन् ।’”

“हरेक नागरिकको मन मनको भगवानलाई जगाउनुपर्नेमा जोड दिए । भगवान जगाउन नसक्दा देशमा अनेकन समस्याहरु आएको बताए । आज जुन ढंगको देशको व्यवस्था हुनुपर्ने हो छैन, श्रेष्ठले भने ।”

“उनले विशंखुनारायणको महत्वमाथि समेत उल्लेख गरेका थिए । विशंखुनारायण क्षेत्रमा विकासका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।”

“कार्यक्रममा ललितपुर क्षेत्र नं १ का सांसद नवराज सुवेदीले विशंखुनारायण क्षेत्रको विकासका लागि आफूले आवश्यक भूमिका निभाइरहेको बताए । उनले विशंखुनारायण धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले जिल्लाकै लागि महत्वपूर्ण भएको बताए ।”

“विशंखुनारायण सेवा, सुधार समितिका, अध्यक्ष राजेन्द्र बिष्टले कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए । बिष्टलाई अर्को कार्यकालका लागि पुनः अध्यक्ष चयन गरी आजै नयाँ कार्यसमिति गठन भएको छ । कार्यसमितिमा कल्पना सुवेदी उपाध्यक्ष, दिवाकर ,सुवेदी सचिव छन् ।”

तपाईको प्रतिक्रिया