“अमेरिकी, राजदूत बेरी, जनकपुरमा, (फोटोफिचर)
2021, November 11th, Thursday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरी छठ पर्व मनाउनको लागि धार्मिक सहर जनकपुर पुगेका छन् । उनले छठ घाट पोखरीमा बसेर तस्विरसमेत सार्वजनिक गरेका छन् । उनीसँगै युएसआईडीकी निर्देशकपनि जनकपुर पुगेकी छिन् ।”

“राजदूत बेरीले जनकपुर पूनः आउन पाउँदा भाग्यमानी भएको महशुस गरेको पनि उल्लेख गरेका छन् । साथै, छठ पर्व मनाएको हेर्न पाएको भन्दै उनले कृतज्ञता व्यक्त गरेका छन् ।”

“उनले सो अवसरमा ठेकुवा र पुरी पनि खाएको उल्लेख गरेका छन् । राजदूत बेरीले छठ पर्व मनाउने सबैमा शुभकामना भनेका छन् ।”

तपाईको प्रतिक्रिया