“फेरि पेट्रोल, डिजेल, मट्टितेलको मूल्य, बढ्यो, एक लिटर, पेट्रोलको मूल्य १३६ पुग्याे”
2021, November 10th, Wednesday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्याँस र मट्टीतेलको मूल्य वृद्धि गरेको छ ।”

“दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको भाउ बढाएको निगमले आज राति १२ बजेदेखि मूल्य वृद्धिको भाउ लागू हुने जनाएको छ ।”

“नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । अब, पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

“खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेर १५७५ पुगेको छ । निगमले कात्तिक १२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।”

तपाईको प्रतिक्रिया