हाम्रोखबर संवाददाता 235 Views
“एमाले प्रवेश गर्छु भन्दै आफ्नो निवासमा आएका गगन पुरी लगायतलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले भेट्न अस्वीकार गरेका छन् । गगन पुरी माओवादी केन्द्रका दमकका नेता हुन् । उनी विगतमा माओवादीको तर्फबाट मेयरको उम्मेदवार बनेर पराजित भएका थिए । केपी ओलीको गृहनगर दमक हो ।”
“गगन पुरी र अन्य दुईजना ओलीलाई भेट्न मंगलबार साँझ दमक पुगेका थिए । ओलीसँग भेट्ने प्रवन्ध दमककै एक एमाले कार्यकर्ताले मिलाइदिएका थिए । भेटको समय मिलेपछि पुरी र अन्य दुईजना ओली निवास बालकोट पुगेका थिए । भेट्न गएका अन्य एकजना मोरङ उर्लाबारीका पुराना कम्युनिष्ट कार्यकर्ता भएको बताइएको छ ।”
“बालकोटमा पहिले त गगन पुरीलाई ओली निवासको कम्पाउण्ड भित्र पस्नै दिइएन । सुरक्षाकर्मीले ‘भित्रबाट तपाईंको नाम आउनुपर्छ अनि मात्र भित्र जान पाइन्छ’ भनेका थिए । करिब एक घन्टा गगन पुरीको टोली गेट बाहिरै उभिएर बसेका थिए । त्यसपछि झापाकै एक एमाले नेता त्यहाँ आइपुगे । उनले गगन पुरीहरु केपी ओलीको क्षेत्रका मतदाता भएको बताउँदै अनुरोध गरिदिए पनि भित्र पस्न पाएका थिए ।”
“केपी ओलीले आफ्नो क्षेत्रका मतदातालाई पुरै बेवास्ता गर्दै आइरहेका छन् । ओलीको अहंकार गगन पुरीको टोलीले प्रत्यक्ष भोग्न पायो । आँगनमा ओली निवासका एक अर्दलीले भेट्ने के काम छ भनेर गगन पुरीलाई सोधेको थियो ।”
“गगनले ‘केपी कमरेडलाई नै भन्छु’ भनेका थिए । तर उनले आफूलाई भन्नैपर्ने नत्र भेट्न नपाइने भनेपछि गगनले एमाले प्रवेशको वातावरण मिलाउन तथा दमकको विकास निर्माण सम्बन्धमा कुरा गर्न आएको हुँ भनेका थिए ।”
“गगनको कुरा लिएर ती अर्दली भित्र गए । आधा घन्टापछि मात्र ती अर्दली बाहिर आएका थिए । बाहिर आएर उनले गगनलाई एमाले प्रवेश गर्ने भए प्रेस विज्ञप्ति जारी गरेर अथवा फेसबुकमा लेखेर प्रवेश गर्नु भन्नुभएको छ भने ।”
“ओलीको यस्तो जवाफ सुनेर गगनको टोली तिम्मिलाएको थियो । गगनले झोंक्किँदै हाम्रो क्षेत्रका सांसद्लाई भेट्न किन नपाउने भनेका थिए । अर्दलीले ‘तपाईंसँग भेट्दिन भन्नुभएको छ, खुरुक्क बाहिर जानुस्’ भनेका थिए । त्यसपछि गगनको टोली फर्किएको थियो ।””
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)