“माओवादी केन्द्रले, बरु सरकार,छोड्ने तर एमसीसी कुनै हालतमा, पास गर्न नदिने”
2021, November 10th, Wednesday

हाम्रो खबर संबाद दाता

“काठमाण्डौँ । सत्तासाझेदार प्रमुख दल नेकपा माओवादी केन्द्र यथाअवस्थामा कुनै हालतमा एमसीसी पास गर्न नहुनेमा एकमत भएको छ । पार्टीको औपचारिक बैठक बाटनै माओवादी केन्द्रले लिखित रुपमा यथाअवस्थामा एमसीसी पास गर्न नसकिने निर्णय लिएको छ ।”

“प्रधानमन्त्री शेरबहादुर देउवाले केहि दिन अघिमात्रै प्रचण्ड र आफुले एमसीसी पास गर्छौ भनेर अमेरिकालाई पत्र लेखेको बताए पछि माओवादी केन्द्रले पार्टी बैठकबाटै एमसीसी पास गर्न नसकिने निर्णय लिएको हो ।”

“माओवादी केन्द्रले अमेरिकी अनुदान सम्झौता एमसीसी लाई यथास्थितीमा अनुमोदन नगर्ने औपचारिक निर्णय गरेको छ । आज बसेको माओवादी स्थायी समिति बैठकबारे जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले एमसीसीलाई परिमार्जनसहित राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउने निर्णय भएको बताए ।”

“एमसीसीका विषयमा बाहिर जुन विषय सार्वजनिक भएको छ, हाम्रो पार्टी एमसीसीको विषयमा राष्ट्रिय सहमति कायम नभइकन, सम्झौताका केही बुँदा संशोधन र परिमार्जन नभइकन अगाडि नबढाउने कुरा भएको छ, बैठकको निर्णयबारे महराले भने ।”

“एमसीसी अनुमोदनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो साता फरक–फरक अभिव्यक्ति आइरहेको बेला सत्तारुढ माओवादीले औपचारिकरुपमै यस्तो निर्णय गरेको हो ।”

“माओवादीले एमसीसीका कतिपय बुँदा राष्ट्रिय हित र सम्प्रभुताविरुद्ध भएको बताउँदै आएको छ । तर, एमसीसी मुख्यालयले भने एमसीसी संशोधन गर्न नमिल्ने जवाफ सरकारलाई दिइसकेको छ ।”

“लिलामणी पोखरेल, देव गुरुङ लगायतका नेताहरु पहिले देखीनै संशोधननै भए पनि कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने अडानमा रहेका छन् भने पछिल्लो समय पूर्व सभामुख समेत रहेका कृष्णबहादुर महरा पनि यो लाइमा थपिएका छन् ।”

“केहि समय अघि मात्रै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले ओटीभी नेपाल डटकम सँगको कुराकानीमा बरु पार्टीले सरकार छोड्ने तर कुनै पनि हालतमा एमसीसी पास गर्न नदिने प्रष्ट पारेका थिए ।”

तपाईको प्रतिक्रिया