“कोहलपुरबाट भ्रमणको, टोलि लिएर हिँडेको बस दुर्घ’टना, उद्दार कार्य चल्दै”
2021, November 10th, Wednesday

हाम्रोखबर संवाददाता

“बाँकेको कोहलपुरबाट अवलोकन भ्रमणमा गएकाहरुलाई लिएर गएको बस चितवनमा दु’र्घटनामा परेको छ । कोहलपुरमा रहेको मगर समाजका सदस्यहरु तिहारमा देउसी भैलो खेलेर अवलोकन भ्रमणमा गएका थिए ।”

“उक्त बस आज बिहान नारायणगढस्थित लायन्सचोकको नहरमा बस दुर्घटनामा परेको हो । अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे २ ख २८३२ नम्बरको बस दुर्घ’टनामा परेको प्रहरीले जनाएको छ ।”

“सो बसले म्याजिक र ट्याम्पोलाई ठक्कर दिएर लायन्सचोकको घोलमा खसेको छ । प्रहरी र स्थानीयले झ्यालको सिसा फोडेर उद्धार गरेका छन्। यसबारे थप जानकारी आउँन बाँकी रहेको छ ।”

“यो पनि : मकवानपुर – हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रक र बस ठो’क्किँदा दुई जनाको ज्या’न गएको छ। बसमा यात्रा गर्ने १५ जना घाइ’ते भएका छन् । ”

“गएराति साढे १२ बजे जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडाका लागि  छुटेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्र’क ठो’क्किएका प्रहरीले जनाएको छ । दु’र्घटनामा दुई जना पुरुषको ज्या’न गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।”

“उनीहरुको उपचारका क्रममा ज्या’न गएको हो । ज्या’न गु’माएकाहरुकाे परिचय भने खुलेको छैन । घा’इते भएका १५ जनाको हेटौँडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक पनि घाइ’ते छन् ।  प्रहरी निगरानीमा उनको उपचार भइरहेको डीएसपी रिमालले बताउनुभयो ।”

तपाईको प्रतिक्रिया