हाम्रोखबर संवाददाता 299 Views
“काठमाडौं । त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई वटा माइक्रोबसलाई सो प्रयोजनका लागि उपयोगमा ल्याइएको हो ।”
“संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सोमबार विमानस्थल मै पुगेर उक्त सेवाको प्रारम्भ गरेका हुन् । मन्त्री आलेको सचिवालय स्रोतका अनुसार अहिले दुई वटा बसबाट सेवा शुरु गरिएको हो ।”
“थप दुई वटा बसको व्यवस्था गर्न समेत प्राधिकरणलाई मन्त्री आलेले निर्देशन दिएका छन् । यसअघि आन्तरिक उडानबाट आएका यात्रुलाई ट्याक्सीले अत्यधिक मूल्य लिएको भन्दै गुनासो आएको थियो ।”
“अब यस्तो सवारी शुरु भएसँगै गोल्डेन गेटबाट पैदल यात्रा गरि टर्मिनल पुग्नुपर्ने यात्रुले सवारी साधन प्रयोग गर्न सक्नेछन् । साथै विमानस्थलबाट बाहिर निस्किएपछि समेत यात्रुले यी बसबाट निःशुल्क गोल्डेन गेटसम्म झरेर यहाँबाट सार्वजनिक यातायात चढेर गन्तब्यसम्म जान सक्नेछन् ।”
“प्लेनको टिकटभन्दा एयरपोर्टका ट्याक्सी भाडा महंगो भएको गुनासो आएपछि यस्तो व्यवस्था गरिएको सचिवालयको भनाइ छ । मन्त्री आलेले आजै गोल्डेन गेट र आन्तरिक टर्मिनल भवन अगाडि यात्रुको सुविधाका लागि संरचना बनाउन समेत भनेका छन् । यात्रुले आफ्नो ब्याग बिसाएर गाडी कुर्न उपयुक्त हुने खालको संरचना बनाउन मन्त्री आलेले प्राधिकरणलाई निर्देशन दिएका हुन् । संरचना निर्माणको काम मंगलबार बाटै शुरु हुने बताइएको छ ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)