हाम्रोखबर संवाददाता 415 Views
“सामाजिक संजाल टिकटक अहिले धेरैको रोजाइमा पर्ने गर्दछ । त्यसमा आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गरेर चर्चा बटुल्नेहरु पनि थुप्रै छन अहिले । यस्तै चर्चामा रहेका छन एक आमा छोरा । सुनसरी जिल्लाको धरान घर भएका ती आमा छोरा टिकटकमा निकै भाइरल छन । साथै अहिले उनिहरुसगैँ अर्को एक बाँदर पनि थपिएको छ । जो उनिहरु जस्तै टिकटक बनाउनमा उत्तिकै खप्पिस छ । जोगिन्दर नाम राखिएको उक्त बाँदरको टिकटक पनि थुप्रैले मन पराएका छन ।”
“धरानकि भावना राई र बाबू पराजुली आमा छोरा हुन । उनिहरु बिगत ५ वर्ष देखि निरन्तर टिकटक बनाउदै आएका छ्न । साथै उनिहरु भाइरल पनि भएका छन । करिव ११ लाख फलोअर्स रहेका उनिहरुको भिडियो लाखौँले मन पराउने गरेका छन । पछिल्लो समय उनिहरुसगै अर्को पात्र थपिएको छ । बादँर जोगिन्दर, जो टिकटकमा अहिले उनिहरुको साथि बनेको छ । सुरुवाती दिनमा बाबू सानै हुदाँ आफू घरमा एक्लै हुदाँ दिन कटाउनका लागि टिकटक बनाउने गरेको भावना बताउँछिन ।”
“सुरुसुरुमा आफुले छोरासगँ बनाएको टिकटक आफैँ हेर्नको लागि मात्र भएको उनी बताउँछिन । तर बिस्तारै आफुले टिकटकमा लगाउन थाले पछि थुप्रैले मन पराउँन थाले पछि पनि दैनिक रुपमा बनाउँन थालेको भावना बताउँछिन । अहिले बाबू पनि ठुलो भै सकेका छ्न । अहिले भने टिकटक बनाउनका लागि बाबुले आफुलाई बर्गर, पिज्जा लगाएतका खाना दिनु पर्ने सर्त राख्ने गरेको भावना बताउँछिन । सानो हुदा बाबुको भिडियो बनाउदा धेरै बिग्रने गरेता पनि अहिले भने आफुले भन्दा राम्रो गर्ने गरेको भावना बताउँछिन ।”
“अहिले उनिहरुसगँ रहेको बाँदर जोगिन्दरलाई श्रीमानले अफिसमा भेटेर घर ल्याएको भावनाको भनाई छ । मान्छे जस्तै नै बादरले पनि ब्याबहार गर्ने गरेको भावना बताउँछिन । बादरमा पनि त्यो सबै कुरा बुझ्न सक्ने क्षमता हुने आफुले जोगिन्दर पाले पछि थाहा पाएको भावनाको भनाई छ । पछिल्लो समय उनिहरुको एक टिकटक भिडियो निकै भाइरल थियो, जहाँ बाबू, भावना र बादर तिनै जना काक्रा आखाँमा राखेर सुतेको । उक्त भिडियोको बारेमा भावना भन्छिन सिकाउँदा बादरले पनि मान्छेले जस्तै गर्ने रहेछ ।”
“अन्तरजातीय बिबाह गरेकी भावनाका श्रीमानले नै उनिहरुको भिडियो खिच्ने गर्दछन । करिव १० वर्ष अघि उनिहरुको प्रेम बिबाह भएको थियो । फेसबुक पनि त्यो बेला त्यति धेरै प्रयोगमा थिएन । तर mig33 बाट आफुहरुको भेट भएर त्यहिबाट प्रेम सम्बन्ध भै बिबाह भएको भावना बताउँछिन । करिव १ वर्ष प्रेम सम्बन्ध भए पछि आफुहरुको बिबाह भएको भावना बताउँछिन । सुरुवाती अवस्थामा अन्तर्जातिय बिबाहलाई श्रीमानको परिवारले न स्विकारे पनि अहिले भने राम्रो भएको उनको भनाई छ । (भिडियो हेर्नुस)”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)