‘अखण्ड नेपाल हिन्दू अधिराज्य पुर्नस्थापना’को माग गर्दै काठमाडौंमा बृहत र्‍याली (तस्वीर)
2021, November 8th, Monday

हाम्रोखबर संवाददाता

“काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले ‘अखण्ड नेपाल हिन्दू अधिराज्य पुर्नस्थापना’को माग गर्दै काठमाडौंमा बृहत र्‍यालीको आयोजना गरेको छ ।,

“सोमबार (आज) मोर्चाको महिला केन्द्रीय समितिले काठमाडौंको माइतिघरमा बृहत र्याली तथा विरोध सभाको आयोजना गरेको हो”

“तत्कालीन राजा वीरेन्द्र शाह र दलहरूबीच भएको २०४७ सालको संविधानलाई टेकेर गरिएको पाँच बुँदे सम्झौता अक्षरशः पालन गर्न माग गर्दै मोर्चाले आन्दोलन गरेको हो ।”

“उनीहरुले न्यायालयभित्रको बेथिति, विसंगति, नेपाल बार एशोसिएशनले सुरु गरेको आन्दोलनको विरोध पनि गरेका छन् । देशको संकट, भ्रष्टाचारको विरुद्धमा आफूहरु आन्दोलित हुनुपरेको मोर्चाको भनाइ छ ।”

तपाईको प्रतिक्रिया