हाम्रोखबर संवाददाता 339 Views
‘काठमाडौं । जनताको आयोग महा–अभियानले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध षड्यन्त्र गरिएको भन्दै त्यो षड्यन्त्रलाई कुनैपनि हालतमा सफल हुन नदिने स्पष्ट पारेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा महाअभियान कार्यसमितिकी अध्यक्ष तारा बरालले प्रधानन्यायाधीश जबरालाई हटाउन षड्यन्त्र गर्नेहरुलाई जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्ने चेतावनी दिइन् ।’
‘उनले भनिन्, ‘अब न्यायालय अवरुद्ध गर्ने र जनतालाई न्याय पाउनबाट बञ्चित गर्नेहरुलाई जहाँ भेट्यो त्यही कालो मोसो दलिन्छ । अब देशलाई खिचातानीमा राख्नुहुन्न । नेपाल बारको आन्दोलनको तुक छैन ।’
‘महाभियोग लगाउन सम्भव नदेखेपछि अहिले दबाब सिर्जना गरेर प्रधानन्यायाधीश जबराको राजीनामा गर्न लगाएर हटाउने षड्यन्त्र भएको बताईन् । नेपाल बारको आन्दोलन पनि विदेशीको खर्चमा भएको उनको आरोप छ ।’
‘उनले इजलास बहिष्कार गर्ने न्यायाधीशहरुले सुरुमा लैनचोर आसपासमा गोप्य बैठक गरेको र पछि हल्लाखल्ला हुने भयो भनेर अनामनगरको घट्टेकुलो आसपासमा गरेको कुरा आफूकहाँ मौखिक रुपमा सूचना आएको पनि भनिन् । प्रधानन्यायाधीश जबराविरुद्ध देशभर रहेका ९० वटा बार ईकाईले आन्दोलन गर्ने भनिएको सुनाउँदै ती बार ईकाईको खर्च विदेशीले व्यहोर्ने कुरा भएको पनि आफूहरुले थाहा पाएको बरालले आरोप लगाईन् ।’
‘उनले बेञ्च बहिष्कार गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्ने पनि माग गरिन् । उनले भनिन्,‘बेञ्च बहिष्कार गर्ने ती नयायाधीशहरु होईनन्, गद्दार हुन् । उहाँहरुले प्रधानन्यायाधीशलाई विवादस्पद भन्नुभयो, कसरी हुनुभयो प्रधानन्यायाधीश विवादित ? त्यसको प्रमाण दिनुपर्छ ।’ उनले बारका पदाधिकारीलाई जनावर भन्ने शब्द समेत प्रयोग गरिन् । उनले मानहानी भएपनि आफूले त्यसको जिम्मा लिने बताईन् ।’
‘उनले नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश जबरालेजस्तो उल्लेखनीय काम अरु कसैले पनि गर्न नसकेको दाबी पनि गरिन् । उनले भनिन्,‘यहाँ त नागरिकता विद्येयक पारित गराउने तयारी थियो, तर प्रधानन्यायाधीशले त्यसलाई रोक्नुभयो । अब प्रधानन्यायाधीशले होईन, न्यायाधीशहरु र बारका पदाधिकारीले राजीनामा दिनुपर्छ ।’ उनले इजलास बहिष्कार गरेका न्यायाधीशहरुले प्रधानन्यायाधीशमाथि लगाएका सबै आरोपको पुष्टि गर्नुपर्ने भनाई राखिन् ।’
‘प्रधानन्यायाधीशले एनसेल ६१ अर्ब कर तिर्नुपर्छ भनेर फैसला गरेको, नागरिकता विद्येयक खारेज गरेको, विद्यादेवी भण्डारीको अध्यादेश उल्टाईदिएको, जग्गाको प्लटिङको निर्णय उल्टाईदिएको, चुरे दोहन गर्न नदिएको, नेपाल वायु सेवा निगमलाई निजीकरणबाट हुनबाट रोकेको र जनप्रतिनिधिले भक्ता खान नपाउनेजस्ता लोकप्रिय फैसला गरेको उनले फेहरिस्ति सुनाईन् । बरालले प्रधानन्यायाधीश जबरा तीन करोड नेपाली जनताको हिरो भएको पनि बताईन् ।’
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)