हाम्रोखबर संवाददाता 295 Views
“काठमाडौं । आइतबार नेकपा एमाले कर्णाली प्रदेश कमिटीले काठमाडौंमा देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको मुख्य आकर्षकको केन्द्र बिन्दु थिए, अध्यक्ष केपी शर्मा ओली ।”
“सुरुमा आफ्नो व्यस्तताका बीच पनि कार्यक्रममा उपस्थित हुन पाउँदा औँधी खुसी लागेको अध्यक्ष ओलीले सुनाए । कर्णालीलाई गायन, नृत्य बाद्य वादनलाई जीवित राख्ने सबैलाई ओलीले धन्यावद दिए । र, कर्णालीबासी र देशवासी सबैलाई पुनः ओलीले शुभकामना दिए ।”
“त्यसपछि उनले चाँडपर्वहरुबारे आफ्ना धारणा राखे । समयक्रमअनुसार चाँडपर्वहरुको बेग्लै पहिचान झल्किएको उनले बताए । धारणा राख्ने क्रममा राज्य सत्ताबारे उनले धारणा राखे ।”
“समाजलाई यथास्थितिमा राखेर सुरक्षा प्रदान गर्न राज्यले दुईवटा प्रबन्ध गरेको ओलीको भनाइ थियो । पहिलो प्रहरी, सेना, अदालत, जेलमार्फत शासन गर्छ र यथास्थिति समाजलाई बचाउछ । अर्काे, चेतनाको पाटो । यसतर्फ रेडियो, टि.भी. सामाजिक सञ्जालहरु पर्ने ओलीले बताए ।”
“चेतनाबारे थुप्रै कुराहरु भनेका ओली टेलिभिजन र त्यसको सञ्चालकमाथि खनिए । उनले आफूसँग टेलिभिजन चलाउने पैसा पनि नभएको र चलाउन नसक्ने पनि बताए ।तर, अहिले टेलिभिजन कस्ले चलाएको भन्ने आवाज सुनेरै थाहा पाइने पनि ओलीले व्यंग्य गरे ।”
“ओलीको बोली जस्ताको तस्तै :”
यथास्थितिवादलाई सहयोग पुर्याउने होइन अघि बढ्ने कुराहरु आकर्षक गीत र अरु माध्यमबाट चेतना फैलाउन सक्दछौँ । र, त्योचाहीँ अत्यन्त प्रभावकारी हुन सक्छ । हामीसँग धेरै सञ्जाल छैन । हामी टेलिभिजन खोल्न सक्दैनौँ किनकि हामीसँग करोडौँ छैन । महिनैपिच्छे कति करोड खर्च हुन्छ । कहाँबाट गर्ने ? हामी त्यो गर्न सक्दैनौँ । विचार धेरै गर्नुपर्ने हुन्छ ।”
“तपाईहरुले याद गर्नुभएको छ छैन–यहाँहरुले यहाँ धेरै दक्षिणा दिनुभयो । दक्षिणा दिऊ दिऊ लाग्यो कहाँ दिऊ कहाँ नदिऊ लाग्यो । यहाँ पुग्ने त्यहाँ पुग्ने तर, आम्दानी थोरै छ । हामीलाई त्यस्तो समस्या छ टेलिभिजन कहाँबाट खोल्ने ? पार्टीका कार्यहरु महाधिवेशन, सभालाई त धौँधौँ परिराछ भने हामीले अतिरिक्त करोडौँ, अर्ब खर्च गरेर टिभी चलाउन सक्दैनौँ ।”
“नयाँ नयाँ चिजहरु आइरहेका तिनीहरुको आवाज सुन्नुस्, ती को हुन् ? र, तिनलाई कस्ले चलाएको छ भन्ने कुरा आवाज सुन्नुस् के आवाज हो भन्ने कुरा यसै थाहा पाउनुहुन्छ । टेलिभिजन खोल्नुस्, त्यसको आवाज सुन्नुस् । त्यसको आवाजले नै भन्छ कस्ले चलाएको ? कस्का लागि चलाएको ? कस्का विरुद्ध चलाएको ? जनता अल्मलाउन र झुट फैलाउन चलाएको छ । मैले नाम नलिउ त्यस्ता थुप्रै छन् ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)