“राजदूत नियुक्तीमा नारायाणकाजी,को असन्तुष्टि, अब बनाउँदा भागबण्डाभन्दा, छुट्टै साझा सूचि, बनाउनुपर्ने”
2021, November 7th, Sunday

हाम्रोखबर संवाददाता

“काठमाडौं, २१ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवम् विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले अब राजदूत नियुक्ती गर्दा भागबण्डाभन्दा छुट्टै साझा सूचि बनाउनुपर्नेमा जोड दिएका छन् ।”

“सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले अहिले पाँच दलीय गठबन्धनको बैठक शीर्ष नेताहरुको बैठकमा मात्रै परीणत हुन थालेपछि आफूले बैठकमा कमै मात्र भाग लिन थालेको पनि स्पष्ट पारेका छन् ।”

“उनले यस्तो लेखेका छन्–त्यस्तै एउटा बैठकमा मैले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदुतहरु फिर्ता बोलाउने सकारको निर्णय लाई बेठीक भन्दै असहमति जनाएको थिएं ।मेरो धारणा यस्तो थियो र रहेको छ। प्रतिगमनबिरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरुमा उपस्थित भई छलफल गर्ने अवसर प्राप्त थियो।”

“अनिवार्य जस्तै थियो सहभागिता । संघर्षको सफलतापछि पार्टीहरुको गठबन्धन शिर्षस्थ नेताहरुको गठबन्धनजस्तो बनेपछि भने एकाध बैठकहरुमा मात्र आमन्त्रण अनुसार भाग लिएको छु । शिर्षस्थ नेताहरुले यो कुरा ठीकै भएपनि निर्णय भैसकेकाले अव छलफल नगरौं भन्नुभयो र त्यो कुरा सकियो ।”

“अव छिट्टै राजदुतहरुको नियुक्ति प्रकृया अघि बढ्ने होला । यद्यपि प्रम ले ३ जनाको नियुक्ति गरिसक्नुभयो।अव बाँकी राजदुतहरु नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ,कम्तिमा पनि केही सँख्या पार्टीहरुको भागबण्डा भन्दा छुट्टै साझा सुची बनाऔं ।”

तपाईको प्रतिक्रिया