अब प्रचण्डको नेतृत्वमा नेकपा चल्छ’!बिष्णु रिजाल, के सच्चिकै चल्ला त? हेर्नुहोस,
2020, November 3rd, Tuesday

admin

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको तिब्र मतभेदकाबीच नेताहरुको धारणा सार्वजनिक भइरहेका छन् ।

दोस्रो पुस्ताका नेताहरु पार्टी एकता कायम राख्न दौडधुप गरिरहेका छन् । केहीले सामाजिक सञ्जाल मार्फत पार्टी एकता कायम राख्न र ब्यक्तिगत स्वार्थ त्याग गर्न दवाव दिइरहेका छन् ।

नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले पार्टी कुनैपनि हालतमा नफुट्ने दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले नेताहरुको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा आफूले यस्तो दाबी गरेको स्पष्ट पारेका छन् ।

उनले नेकपा प्रचण्डको नेतृत्वमा चल्ने र केपी ओली नेतृत्वको नेकपाको सरकार पाँच वर्ष चल्ने दाबीसमेत गरेका छन् । उनले यस्तो लेखेका छन्,

नेताहरूको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा ढुक्क भएर भन्न सकिन्छ । १ नेकपा फुट्दैन । २ केपी ओलीको नेतृत्व नेकपाको सरकार पॉच बर्ष चल्छ । ३। प्रचण्डको नेतृत्वमा नेकपा चल्छ । ४। सहमतिका आधारमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ । ५। असहमतिहरूको समाधान बैठकहरूबाट खोजिन्छ ।

तपाईको प्रतिक्रिया