“नमज्जासँग चिप्लीए, देउवा- प्रचण्ड, ढाँटेको, कुरा काटे मिलेन, भिम रावलले, चुकुल खुस्काइहाले”
2021, November 7th, Sunday

हाम्रो खबर संबाद दाता

“एमसीसी प्रकरणमा प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नमज्जा सँग चिप्लीएका छन् ।”

“देउवाले एउटा कुरा गर्ने र प्रचण्डले अर्को कुरा गर्ने गर्दा उनीहरुको बोलीमा जनताले थप शंका गर्ने आधार भेटाएका छन् । यहि विचमा नेकपा एमालेका उपाध्यक्ष भिम रावलले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रति खरो प्रश्न गरेका छन् ।”

“देउवा र प्रचण्डले अमेकिरालाई पठाएको पत्र सार्वजनिक गर्न जोडदार माग गर्दै रावलले भनेका छन् “यो सत्ताका निम्ति खतरानाक सौदाबाजी हो । सार्वभौम संसद् र जनताको अपमान हो । विदेशीको नांगो चाकडी हो । प्रधानमन्त्रीले जलवायु सम्मेलनजस्तो महत्त्वपूर्ण मञ्चमा जाँदा एमसीसीका कार्यकारी अध्यक्षसँग लम्पसार परेका छन्, घुँडा टेकेका छन् ।”

“डा रावलले देउवा र प्रचण्डले छुट्टाछुट्टै हो कि संयुक्त रुपमा पत्र पठाएको भन्ने प्रश्न गर्दै यो राष्ट्रघाती र गैरजिम्मेवार पत्र भएको आरोप लगाए । उनले भने, “प्रचण्ड हाम्रो मुलुकको जलस्रोत मन्त्री हुन् कि परराष्ट्र मन्त्री हुन् ? संयुक्त रुपमा पत्राचार गरेको हो भने यो राज्यको उपहास हो । यो ज्यादै लज्जाजनक छ । संवैधानिक, कूटनीतिक र राज्य सञ्चालनका मर्यादा विरोधी कुरा हो । के प्रचण्डको राजनीति एमसीसीको फल खाएर केही थान मन्त्री र प्रधानमन्त्री खाने मात्रै हो ?”

“एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले एमसीसी पारित गर्न चाहेको हो भने त्यो जनतालाई मूर्ख बनाउने कुरा भएको बताए । उनले भने, “माधव नेपालकै पार्टीका नेता झलनाथ खनाल नेकपाको विदेश विभाग प्रमुख हुँदा एमसीसी अध्ययन कार्यदल बनेको थियो । त्यसले एमसीसी यथास्थितिमा पारित गर्नुहुँदैन भन्ने प्रतिवेदन दिएको थियो । अब झलनाथजीले कसरी मान्नुहोला””

तपाईको प्रतिक्रिया