हाम्रोखबर संवाददाता 108 Views
“नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूविरुद्ध कटाक्ष गरेपछि विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले जवाफ फर्काएका छन्। ”
“नेपाल संवतको नयाँ वर्ष ११४२ सुरु भएको अवसरमा शुक्रबार बिहान काठमाडौंको बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस नेता सिंहले आफू र आफ्नो पार्टीको आलोचना गरेलगत्तै विवेकशील साझाका अध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत खण्डन गरेका हुन्।”
“कार्यक्रममा कांग्रेस नेता सिंहले भनेका थिए, ‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरू बस्ने ठाउँ भन्छन्। पढेलेखेका मतदाता छन्। चुनावका बेलामा नयाँ-नयाँ पार्टीहरू आउँछन्। काम केही गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ। पार्टी सानो छ, तर पटकपटक विभाजित भएको छ। आफ्नै पार्टी जोगाउन नसक्ने तर ठूला कुरा गर्नेहरूको पर्दाफास भएको छ।’”
“यसविरुद्ध अध्यक्ष मिश्रले ट्विटरमा लेखेका छन्, ‘अनि भन्नुहोला : तपाईंहरूले गत ३० वर्षमा काम गर्न सकेको भए हामी राजनीतिमा आउनु नै पर्नेथिएन। ३० वर्षमा केही गर्न नसक्ने, देशको राजनीतिदेखि, पुलिस, प्रशासन, विश्वविद्यालय, न्यायालय, समाज सबै बिगार्ने तपाईंहरू, अनि दोष लगाउने हामीलाई!”
“मिश्रले अगाडि लेखेका छन्, ‘हाम्रा ३ जना सांसदले बागमती प्रदेशसभामा गरेको कामको अत्यन्तै राम्रो प्रशंसा भएको छ। अन्यत्र काम गरेर देखाउन हामीलाई अहिलेसम्म जनअनुमोदन प्राप्त भएको छैन। जनअनुमोदन प्राप्त भएपछि पनि काम गर्न सकेनौँ भने अनि भन्नुहोला : नारा मात्र दिएर हुँदैन।’”
“अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गरिनुपर्ने प्रस्तावसहितको आफ्नो राजनीतिक दस्तावेज पार्टीको केन्द्रीय कमिटीबाट पारित गराएपछि संयोजक मिलन पाण्डेको पक्षले आफूपक्षीय बैठक राखेर मिश्रलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो।”
“तर मिश्र पक्षले दिएको निवेदनका आधारमा निर्वाचन आयोगले विवेकशील साझा पार्टीको आधिकारिकता यही पक्षलाई प्रदान गरेको छ। संयोजक पाण्डे पक्षले भने आयोगले गलत निर्णय गरेको दाबी गर्दै यसविरुद्ध अदालतसम्म पुग्ने चेतावनी दिएको छ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)