“एमसीसी पारित गर्न हस्ताक्षर गरेर अमेरिका,लाई चिठी पठाइएको, छैन, हावा दारी कुरा नगरे हुन्छ: प्रचण्ड”
2021, November 5th, Friday

हाम्रोखबर संवाददाता

“काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न हस्ताक्षर नै गरेर अमेरिकालाई चिठी पठाएको भनिएको झुटो भएको स्पष्ट पारेका छन् ।”

“प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र प्रचण्डले एमसीसी पारित गर्न अमेरिकालाई हस्ताक्षर गरेर पठाएको भनेपछि शुक्रबार अध्यक्ष प्रचण्डले उक्त कुरा झुटो रहेको बताएका हुन् ।”

“बिहीबार बेलायतमा जलवायुसम्बन्धी कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग आफू र प्रचण्डले एमसीसी पारित गर्न हस्ताक्षर गरेर अमेरिकालाई पठाएको भनेका थिए ।”

“एमसीसीको चौतर्फी विरोध भइरहेको अवस्थामा प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले तरंग पैदा गरेको थियो ।”

“शुक्रबार खुमलटारस्थित आफ्नो निवासमा खेल्न आएको सञ्चारकर्मीका  देउसी भैलो टिमसँग अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवाले भनेजस्तो एमसीसीबारे हस्ताक्षर गरेर पत्र नपठाएको बताए ।”

“प्रचण्डले भने,‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले एमसीसीबारे बोलिदिनुभएछ– प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर । त्यसपछि देशैभरि साथीहरुको तरंग पैदा भएको छ । तर, वास्तवमा त्यस्तो चिठी पठाएको हैन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ ।”

“अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा एमसीसी संशोधन नभई पारित नहुने पनि बताएका छन् । राष्ट्रिय हित र सहमतिविना एमसीसी पास नहुने प्रचण्डको भनाइ छ ।”

तपाईको प्रतिक्रिया