admin 709 Views
काठमाडाैं, १८ कार्तिक । काठमाडौंको रत्नपार्कमा गत केही समयदेखि खुल्ला रुपले ख्वाइँदै आएको निःशुल्क खाना खुवाउने अभियानले बाहिरी जिल्लाबाट काठमाडौं आउनेहरूलाई थप आकर्षित गर्ने चिन्ता बढेको छ ।
साथै दिनको २०० जना व्यक्तिलाई एकै ठाउँमा राखेर खाना खुवाउँदा काठमाडौंमा कोरोना संक्रमणको खतरा पनि उत्तिकै बढ्ने चिन्ता व्याप्त भएको छ ।
यसै चिन्तालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले निःशुल्क खाना खुवाउने उक्त अभियानयात व्यवस्थित गर्न सम्बन्धित आयोजकलाई अनुरोध गरेको छ । अहिले मानिसहरूको आवतजावत बढ्नुका साथै सवारी साधन पनि चल्न थालेकाले रत्नपार्क जस्तो खुल्ला ठाउँमा सार्वजनिक रूपले खाना खुवाउनाले नगरको शोभा बिग्रिने मात्र नभई स्वय्म खाना खानेहरूकै स्वास्थ्यमा समेत खराब असर पर्ने चिन्ता पनि काठमाडौं महानगरपालिकाले व्यक्त गरेको छ ।
त्यसैले उक्त कार्यलाई व्यवस्थित गराउन आफूहरूले गरेको अनुरोधलाई उल्टो अर्थमा बुझी ‘महानगरपालिकाले निःशुल्क खाना खुवाउन दिएन’ भनी हल्ला गरिएकोमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आपत्ति जनाउनु भएको छ ।
‘यसरी फोहोर र खुल्ला ठाउँमा राखेर भात खुवाउनु कुनै हिसाबले राम्रो होइन । खुवाउने भए आफ्नै निजी ठाउँ वा पार्टी प्यालेसमा राखेर खुवाउने व्यवस्था गर्नू भन्ने मात्रै महानगरपालिकाको आग्रह हो । खुवाउनै पाइँदैन हामीले भनेका छैनौ’, मेयर शाक्यले भन्नुभयो ।
काठमाडौं महानगरलाई सडक मानवमुक्त शहर बनाउने भनी एक वर्ष अगाडि नै घोषणा गरिएको स्मरण गर्दै मेयर शाक्यले भन्नुभयो, ‘खान नपाएका कोही छन् भने उनीहरूलाई मानव सेवा आश्रममा राखेर खुवाउने जिम्मा नै महानगरपालिकाले लिइसकेको छ । त्यसैले आवश्यक परे अझै पनि खुवाउन हामी तयार छौँ । तर काठमाडौंलाई मागेर खानेहरूको शहर चाहिँ बनाउनु भएन ।’
रत्नपार्कमा लहरै बसेर खानेहरूको फोटो सामाजिक सञ्जालमा राखेर प्रचार गरिएकोमा पनि मेयर शाक्यले आपत्ति प्रकट गर्नुभयो । यसले खाना खाने नागरिकको आत्मसम्मानमा ठेस पुर्याउने बिचार उहाँले राख्नुभयो ।
‘यो त खाना खानेहरूकै आत्मसम्मानमा ठेस पुर्याउने काम भयो । निःशुल्क खाने मानिसहरूको फोटो सामाजिक सञ्जालमा राखेर आयोजकले के व्यापार गरिरहेका छन् त्यो त मलाई थाहा भएन, तर यसले खाना खाने नागरिकको आत्मसम्मानमा घाउ पार्ने काम भने भएको छ’ मेयर शाक्यले भन्नुभयो ।
कोरोना महामारी रोकथामका लागि सरकारले तीन महिने लकडाउन गर्दा त्यसबाट पीडित हुन पुगेका गरिब, निम्न आय भएकाहरूलाई काठमाडौं महानगरपालिकाले राहत वितरण गर्नुका साथै विभिन्न स्थानमा सार्वजनिक रूपले खाना खुवाउने व्यवस्था समेत गरेको थियो । अहिले रत्नपार्कमा दैनिक खाना खुवाउने कार्यले बाहिरबाट मानिसहरू आउन अझ प्रोत्साहित गर्ने र राति सडकमा सुत्नेहरूको संख्या वृद्धि गर्ने चिन्ता स्थानीय जनतामा व्याप्त भएको छ ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)