“देउवाले किन, त्यसो, भने हामी प्रचण्ड, सँग जवाफ, माग्छौ : लिलामणी पोखरेल”
2021, November 5th, Friday

हाम्रोखबर संवाददाता

“नेकपा माओवादी केद्रका स्थायी कमिटि सदस्य लिलामणी पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका बिषयमा प्रचण्डलाई जोडेको बिषयमा जवाफ मागिने बताएका छन् ।”

“प्रचण्डका बारेमा देउवाले बोलेका कुराका बिषयमा नेता पोखरेल सँग प्रतिक्रियाका लागी ओटीभी नेपाल डटकमले कुराकानी गर्दा उनले कुरा के हो पहिला अध्यक्ष प्रचण्ड सँग परामर्श गरे पछि मात्रै बोल्दा उपयुक्त हुने बताए ।”

“नेता पोखरेलले प्रधानमन्त्री देउवाले भने जस्तो एमसीसी पास गर्छौैै भनेर आफ्नो पार्टीका अध्यक्षले हस्ताक्षर गरेर पठाए होला भनेर आफुले कल्पनानै गर्न नसक्ने बताए । प्रचण्डले त्यसो गर्नु भयो होला भनेर म त कल्पना पनि गर्न सक्दीन उनले भनेका छन् ।”

“प्रचण्डले पटक पटक सार्वजनिक रुपमा यथास्थितिमा एमसीसी पास हुँदैन भनेर भनेको भन्दै पोखरेलले पहिले पनि देउवाले एमसीसी पास गर्न प्रचण्ड पनि सहमत भएको भनेर भनेका थिए अहिले पनि त्यस्तै नभएको कुरा गरेको पनि हुन सक्छ उनले भनेका छन् ।”

“यति सार्वजनिक चासोको बिषय प्रचण्ड सँग पनि जोडेर आरोप लागी सके पछि प्रचण्डले पनि यस बिषयमा जवाफ दिनु पर्ने पोखरेलले बताएका छन् । यस बिषयमा पार्टीमा पनि कुरा उठ्ने र पार्टी अध्यक्ष प्रचण्डले पनि जनतालाई सार्वजनिक रुपमै जवाफ दिनु पर्ने बताए ।”

“ओटीभी नेपाल सँगकै कुराकानीमा नेता पोखरेलले पार्टीले डेम्लोमेटिक रुपमा यथास्थितिमा एमसीसी पास हुँदैन भनेर भनको र आफु व्यक्तिगत रुपमा भने कुनै पनि हालतमा एमसीसी पास गर्नै हुँदैन भन्ने पक्षमा रहेको प्रष्ट पारेका छन् । पोखरेलले संशोधननै भए पनि एमसीसी पास गर्न नहुने अडानमा आफु प्रष्ट रहेको बताएका छन् ।”

“हिजो मात्रै प्रधानमन्त्री शेर बहादुर देउवाले एक साता लामो बेलायत भ्रमणबाट नेपाल फर्कना साथ एमसीसी पास गर्छौ भनेर प्रचण्ड र आफुले हस्ताक्षर नै गरेर अमेरिकालाई पठाइसकेको बताएका थिए । देउवाको यस्तो अभिव्यक्तीले एमसीसी विरोधीहरु जुरुक्क तातेका छन् ।”

तपाईको प्रतिक्रिया