“रवीन्द्र मिश्र, पक्षले पायो ‘विवेकशील साझा पार्टी’को, बैधता”
2021, November 4th, Thursday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । निर्वाचन आयोगले ‘विवेकशील साझा पार्टी’को बैधता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ । निर्वाचन आयोगले बिहीबर विज्ञप्ती जारी गरेर राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियामावली, २०७४ को नियम २५ बमोजिम ‘विवेकशील साझा पार्टी’को बैधता अध्यक्ष मिश्र पक्षलाई दिएको जनाएको हो ।”

“अध्यक्ष मिश्रको नेतृत्वमा बुधबार (हिजो) बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्नुका साथै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो । सोही अनुसार विवरण अध्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको जनाएको हो ।”

“विवेकशील साझा पार्टीको संशोधित विधानमा संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ । त्यस्तै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिएको छ ।”

“विवेकशील र साझा पार्टीबीच एकता गर्दा बनेको विधानमा केन्द्रीय समितिको बैठक अध्यक्ष मिश्र र संयोजक पाण्डेको सहमतिमा मात्र बस्ने उल्लेख थियो । तर, संशोधित विधानमा भने बैठक बोलाउने अधिकार अध्यक्षलाई मात्र दिइएको छ ।”

तपाईको प्रतिक्रिया