“यी हुन् कांग्रेसका,दानवीर नेता, तिहारमा,गरिवको घरमा खुसी, ल्याइदिए”
2021, November 4th, Thursday

हाम्रो खबर संबाद दाता

“हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँले ४ सय घर परिवारलाई तिहारका बेला खाद्यान्न वितरण गरेका छन् ।”

“नेता बानियाँले अति विपन्न जनतालाई तिहारमा पेटभरी खान मिलोस भनेर खाद्यान्न वितरण गरेका हुन् । तिहार घर–घरमा प्रवेश गरिसकेका बेला मकवानपुर जिल्लाको गढी गाउँपालिका– ८ का जनतालाई तनावले सताएको थियो ।”

“नेता बानियाँले बुधबार ४ घर परिवारलाई खाद्यान्न बितरण गरेको उनका निजी सचिव मिलन पुडासैनीले जानकारी दिएका छन् ।”

“नेता बानियाँले १ बोरा चामल र १ प्याकेट नुन उपलब्ध गराएका छन् । उनले बेलाबेला अति विपन्न जनतालाई खाद्यान्न सहयोग गर्दै आएका छन् ।”

तपाईको प्रतिक्रिया