“मोदीले नेपाल भ्रमणमा,आउँछु भन्नुभयो, मलाई पनि निम्तो,दिनुभयो : प्रधानमन्त्री देउवा”
2021, November 4th, Thursday

हाम्रो खबर संबाद दाता

“प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउन तयार रहेको बताएका छन् । ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको”

“२६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मोदीलाई आफूले भ्रमणको निम्तो दिएको बताएका हुन् ।”

“प्रधानमन्त्री देउवाले भने, ‘मैले उहाँलाई नेपाल आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत छ भनेँ । तपाईं पशुपति जानुहुन्छ मुक्तिनाथ जानुहुन्छ, धार्मिक भ्रमण हुन्छ भनेँ । उहाँ नेपाल आउन तयार छु भन्नु भन्नुभयो । उहाँले पनि मलाई भारत भ्रमणको निम्तो दिनुभयो ।”

“त्यस्तै फरक प्रसंगमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय टिक्ने पनि बताएका छन् । उनले न्यायालयमा देखिएको विषयबारे भने बोल्न चाहेनन् ।”

तपाईको प्रतिक्रिया