“मर्मत भइरहेको भरतपुर,को सबस्टेसनमा ,राति पनि पुगे ,कुलमान”
2021, November 4th, Thursday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या परेपछि बुधबार मध्यान्ह चितवन पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ राति पनि कामबारे जानकारी लिन बसेनी सबस्टेसन पुगेका छन् ।”

“मंगलबार दिउँसोदेखि नै सबस्टेसन बनाउन थालिएपनि ढिलाइ भएपछि तिहारको सयममा समस्या हुनसक्ने भन्दै उनी चितवन पुगेका थिए । उनले दिउँसो पनि भइरहेको कामकोबारेमा जानकारी लिएर थप जनशक्ति ल्याएर काम गर्न निर्देशन दिएका थिए ।”

“तिहारको समयमा बत्ती नबलेपछि जनतालाई खुल्लो हुन्छ, त्यसैले मर्मतको काममा उत्प्रेरणा होस् भनेर म पनि यतै छु,’ घिसिङले टेलिफोनमा भने,’यहाँको ट्रान्सर्फमर हटाएर पोखराबाट अर्को ल्याएर जाडेपछि आपूर्ति चालु हुन्छ ।’ उनले काममा ढिलाइ हुन नदिने पनि आफैं फिल्डमा जानु परेको बताए ।”

“उनले दिउँसो नै कर्मचारीहरुलाई गम्भीरतापूर्वक काम नभएको भन्दै गति बढाउन आग्रह गरेका थिए । तिहारजस्तो उज्यालो पर्वमा ग्राहकलाई बिजुली दिन नसक्ने बिडम्बनापूर्ण अवस्थाको सम्वेदनशीलता बुझ्न उनको आग्रह थियो ।”

“कार्यकारी निर्देशक घिसिङले मर्मतको काम गरिरहेका प्राविधिक टोलीको नेतालाई काम गर्नेहरुले जे खान चाहे खसी नै काटेर खवाएर भएपनि छिटो काम गर्न अनुरोध गरेका थिए ।”

“मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी गि्रड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो ।”

“‘अन्य क्षेत्रका सबस्टेसनबाट विभिन्न क्षत्रेमा विद्युत् त दिएका छौं, तर ठूलो क्षत्रेमा अझै पनि बत्ती दिन सकिएको छैन,’ घिसिङले भने,’प्राविधिक कारण आएको समस्यालाई बुझिदिन म अनुरोध गर्न चाहन्छु ।’”

तपाईको प्रतिक्रिया