“मकवानपुरमा, एकैदिन, १५ सय कार्यकर्ता,कांग्रेसमा प्रवेश, कम्युनिस्ट र मण्डलेको, गढ भत्काउँदै ,बानिया
2021, November 3rd, Wednesday

हाम्रोखबर संवाददाता

“हेटौँडा । मकवानपुर जिल्लामा एमाले, माओवादी र राप्रपासहितका विभिन्न राजनीतिक परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।”

“मकवानपुर कांग्रेसका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दैनिक सरह विभिन्न दलका नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउँदै आएका हुन् ।”

“पछिल्लो एक महिनामा १५ हजारभन्दा धेरै नेता कार्यकर्तालाई मकवानपुर कांग्रेसमा प्रवेश गराएको सभापति बानियाँको सचिवालयले जनाएको छ ।”

“पार्टी प्रवेश कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’सहितका नेताहरूको पनि उत्तिकै सक्रियता रहेको छ ।”

“नेतृ उपाध्यायसहितका नेताहरूको पहलमा एमाले, माओवादी, राप्रसासहितका दलका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको सभापति बानियाँका निजी सहयोगी मिलन पुडासैनीले जानकारी दिएका छन् ”

“यसैबीच, नेपाली कांग्रेस कैलाश गाउँपालिकाद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा एमालेसहित विभिन्न दलका ४२१ जना कांग्रेसमा प्रवेश गरेका छन् ।।।”

;कालिकाटारमा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरेका नेता कार्यकर्तालाई कांग्रेस केन्द्रीय सदस्य उपाध्याय, सभापति बानियाँलगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।”५

“त्यसैगरी, नेपाली कांग्रेस भीमफेदी गाउँपालिका र मकवानपुरगढी–८ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न दलका ८ सय जना कांग्रेसमा प्रवेश गरेका छन् ।”

“भीमफेदीमा ६५० र मकवानपुरगढी–८ मा १५० जनालाई केन्द्रीय सदस्य उपाध्याय र सभापति बानियाँले कांग्रेसमा स्वागत गरेका हुन् ।”

तपाईको प्रतिक्रिया