“कृष्णबहादुर महरा, भन्छन्: ५५ अर्व हैन, ५५ खर्व नै आएपनि, एमसीसी खारेज, गर्नुपर्छ”
2021, November 3rd, Wednesday

हाम्रो खबर संबाद दाता

“नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी खारेज गर्नुपर्ने बताएका छन् । उनले ५५ अर्व हैन, ५५ खर्ब नै आएपनि एमसीसी खारेज गर्नुपर्ने बताएका छन् ।”

“मंगलबार प्रेस सेन्टर रोल्पाको पाँचौ जिल्ला अधिवेशनलाई लिवाङमा सम्बोधन गर्ने क्रममा महाराले कुनै पनि हालतमा एमसीसी नेपालको पक्षमा हुन नसक्ने भन्दै उक्त कुरा बताएका हुन् ।”

“देशमा केही शक्तिहरूले ५५ अर्व त्यति ठूलो रकम फिर्ता गर्नु हुँदैन भनिरहेका छन् । तर एमसीसीबाट ५५ खर्व नै सहयोग प्राप्त भएपनि त्यो देशको स्वाधिनता भन्दा माथि हुन सक्दैनू ९ महराले भने ।”

“प्रतिनिधिसभाका पुर्वसभामुख समेत रहेका महराले सम्बोधनका क्रममा महराले आफ्नो अधिकांश समय राष्ट्रिय स्वाधीनताको वकालत गर्दैएमसीसी विशुद्ध विकास कार्यक्रम नभएर सैनिक रणनीतिसंग जोडिएको बताए । हाम्रो देशबारे अरु देशको राजधानीमा किन छलफल हुन्छ भन्दै प्रश्न गरे ।”

“त्यसैगरी महाराले पत्रकारहरूले कुनै दल र दलको नेताबाट प्रभावित नभएर देश र जनताको पक्षमा लेख्नुपर्ने बताए ।हामी मिसन पत्रकारीता भन्छौं तर उक्त मिसन दलिय विचारभन्दा माथि उठेर देश र जनताको मिसनमा हुनुपर्छू उनले भने ।”

तपाईको प्रतिक्रिया