“एमालेले दशौँ,महाधिवशेनमा,प्रचण्डलाई, अतिथि बनाउँने !”
2021, November 3rd, Wednesday

हाम्रो खबर संबाद दाता

“प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई पनि अतिथिको रुपमा निम्ता गरिने भएको छ ।”

“प्रचण्डको गृहजिल्ला समेत रहेको चितवनमा एमालेले महाधिवशेन आयोजना गर्दा प्रचण्डले आफुलाईनै लक्षित गरेर एमालेले यसो गरेको आरोप लगाउँदै आएको छन् तर उनै प्रचण्डलाई एमालेले भने हार्दिकता पूर्वक स्वागत गर्ने तयारी गरेको छ ।”

“एमालेले नेकपा एस र सो पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई भने कार्यक्रममा निम्तो नदिने भएको छ । एस पार्टीको पहिचाननै नभएको र ठेगाना प्रष्ट नभएको भन्दै एमालले निम्ता नगर्ने भएको छ । अरु राजनितिक दलका प्रमुख देखी विदेशी पाहुना सम्मलाई आतिथ्यता गराइने कार्यक्रममा माधव नेपाललाई मात्रै छुटाइने एमालेले बताएको छ ।”

“नेकपा एमालेको दशौं महाधिवेशनमा विदेशी पाहुनाहरूलाई सहभागी बनाउन पत्राचार गरेको एमालेले जनाएको छ । महाधिवेशनमा अन्य पार्टीका नेताहरुलाई पनि एमालेले निम्तो पठाउने भएको छ । तर एमालेबाटै छुट्टिएका माधव नेपाललाई भने निम्तो नदिने भएको छ ।”

“बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा देशभित्रका राजनीतिक दल तथा विभिन्न मुलुकका पार्टी नेताहरुलाई निम्तो गर्ने जानकारी दिए । तर सञ्चारकर्मीले सोधेको प्रश्नमा नेता भट्टराईले माधव नेपाललाई भने निम्तो नदिने प्रस्ट पारे ।”

“सोही क्रममा पत्रकारले एमालेबाट विभाजित भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)लाई महाधिवेशनमा आमन्त्रण गरिने छ कि छैन भनेर राखेको जिज्ञासामा विभाग प्रमुख भट्टराईले भने, ‘पत्राचार गर्ने ठेगाना नभएका, अवैध सम्बन्धबाट बनेका राजनीतिक समूहका व्यक्तिलाई आमन्त्रण गर्दैनौँ । ठेगाना स्पष्ट भएका र राजनीतिक शक्तिका प्रमुखलाई भने बोलाउनेछौँ ।”

“नेकपा एमाले सँग भाइचारा सम्बन्ध रहेका विभिन्न मुलुकका पार्टीहरू, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टीहरू, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दलहरु तथा आइक्याप (आईसीएपीपी) का स्थायी कमिटीका सदस्यहरुलाई निमन्त्रणा गरिएको छ’, पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, ‘निमन्त्रणा गरिएका पार्टीहरूबाट सकारात्मक सन्देश प्राप्त भएको पनि जानकारी गराउन चाहन्छौं । यस्तै नेपालका प्रमुख राजनीतिक दलहरूलाई पनि निमन्त्रणा गरिनेछ ।”

“एमालेले वर्तमान सरकार गठन भएपश्चात् संवैधानिक व्यवस्था झन् कमजोर हुँदै गएको जनाएको छ । ‘संघीय संसदलाई सरकारको लाचार छायाँ बनाइएको छ । संवैधानिक निकायहरूलाई कमजोर र अस्तव्यस्त बनाइएको छ । नेकपा ९एमाले० नेतृत्वको सरकारले गरेका विकास निर्माण र जनपक्षीय कामहरूलाई उल्ट्याएर विनियोजित बजेट कटौती गरिएको छ’, एमालेको भनाइ छ ।””

तपाईको प्रतिक्रिया