हाम्रोखबर संवाददाता 241 Views
“यो समाचारको अन्त्यमा एउटा भिडियो क्लिप राखिएको छ । फोहोर मैला वा दिसाको थुप्रो देख्दा तपाईलाई वान्ता हुने स्थिति आयो भने कृपया भिडियो नहेर्नुहोला । तर, हरेक दिन राहदानी विभागमा पासपोर्ट बनाउन पुग्ने कम्तिमा ५ हजार सेवाग्राहीले भने हामीले भिडियोमा देखाएको यही ट्वाइलेट प्रयोग गर्छन् ।”
“दिसा–पिसाव गर्न पाउनु मानिसको प्राकृतिक हक हो । तर, हाम्रो परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले जनताका समस्यालाई कसरी बेवास्ता गरेका छन् भनेर बुझ्न चाहने हो भने एकचोटि यो चर्पीमा छिर्दा हुन्छ । नभए, भिडियो मात्रै हेरे पनि पुग्छ ।”
“विकार तत्व फालेर शरीरलाई आराम दिन शौच गर्न ट्वाइलेट छिरेका सेवाग्राहीहरु बान्ता गर्दै बाहिर निस्कने गरेका छन् । सेवाग्राहीको समस्याबारे सरकारी कर्मचारीहरुलाई केही पनि मतलव छैन ।”
“राहदानी विभागमा द्रुत प्रक्रियाबाट पासपोर्ट बनाउन एकजना सेवाग्राहीले १० हजारदेखि १५ हजार रुपैयाँ तिर्ने गरेका छन् । तर, यति धेरै राजस्व तिर्ने सेवाग्राहीहरु ट्वाइलेट भित्र छिर्न सक्ने अवस्था छैन ।”
“शौचालय भित्र जताततै दिशा–पिसाव गरेको, पराग, सुर्ती र पानीका बोतलहरू थुपारिएका कारण प्रवेश गर्न कठिनाई भएको सेवाग्राही रेशम कुँवरले रातोपाटीलाई बताए ।”
“सेवाग्राहीले ट्वाइलेटको अवस्थाबारे बताएपछि हामीले त्यहाँभित्रको फोहोरको दृश्य खिच्न खोज्यौं । तर, यति फोहोर थियो कि त्यहाँ ३० सेकेन्ड बिताउन पनि कठिन भयो । विभागका निर्देशक भन्छन् – ट्वाइलेट फोहोर हुनु सेवाग्राहीकै गल्ती”
“राहदानी विभागले हरेक दिन प्रत्येक दुई–दुई घण्टामा ट्वाइलेट सफा गरेको दावी गरे पनि ट्वाइलेटको अवस्था हेर्दा निकै दिनदेखि सफाइ नगरेको देखिन्थ्यो । तर, ट्वाइलेट यसरी फोहोर हुनुको मुख्य कारक भने सेवाग्राही नै भएको विभागका अधिकारीको आरोप छ ।”
“राहदानी विभागका निर्देशक एवं प्रवक्ता शरदराज आरणले ट्वाइलेट फोहोर हुनुको कारण विभागको दृष्टिकोणबाट मात्र नहेरी सेवाग्राहीको दृष्टिकोणबाट पनि हेर्नुपर्ने बताए । उनले सेवाग्राहीले जथाभावी दिसा–पिसाव गरेका कारण ट्वाइलेट फोहोर भएको उल्लेख गरे । उनले दुई–दुई घण्टामा सफा गरेको दावी गरे । तर, ट्वाइलेट भित्र पानीको समेत व्यवस्था थिएन ।”
“एकजना सेवाग्राही किशोरकुमार महतोले बाहिरबाट बोतलमा पानी बोकेर ट्वाइलेट गर्न जानुपर्ने र दिशा गर्ने ट्वाइलेटको प्यान बोतल र दिशाले भरिएको सुनाए ।”
“यता निर्देशक आरणले भने, ‘दुई दुई घण्टामा ट्वाइलेट सफा गर्ने मान्छे राखेका छौँ, हजारौं मान्छे आएपछि त्यहाँ कसैले पनि पानी नहाल्ने, जे पनि लगेर फाल्दिने, धारा पनि निकालिदिने गर्छन् । सेवाग्राहीको तर्फबाट पनि हेर्नुपर्ने हुन्छ । धारा फेर्दा फेर्दा हैरान भएका छौँ ।’
“निर्देशक आरणले एकदिनको ट्वाइलेट हेरेर धारणा बनाउन नहुने बताउँदै विभाग सेवाग्राहीलाई सफा ट्वाइलेटको व्यवस्था गर्न प्रतिवद्ध रहेको उल्लेख गरे ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)