“पार्टी बनेको, दुई महिनामै, एकीकृत समाजवादी,लाई सत्ताको, लाभैलाभ”
2021, November 2nd, Tuesday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । नेकपा एमाले विभाजन भएर गठन भएको २ महिना २ सातामै नेकपा (एकीकृत समाजवादी)ले दुई वटा प्रदेशको मुख्यमन्त्री बन्ने अवसर पाएको छ ।वाग्मती प्रदेशमा गत बुधबार मात्रै मुख्यमन्त्री प्राप्त गरेको नेकपा (एस)ले प्रदेश १ मा पनि नेतृत्व गर्ने अवसर पाएको हो ।”

“वाग्मती प्रदेशमा नेकपा (एस)का उपाध्यक्ष राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् भने गठबन्धन दलबीच प्रदेश १ मा सोही दलका राजेन्द्र राईले बहुमत सदस्यसहित मुख्यमन्त्रीको दाबी गरेका छन् । दुवै प्रदेशमा नेकपा एस चौथो स्थानमा छ ।”

“नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसँग सत्ता गठबन्धनमा रहेको नेकपा (एस) गण्डकी प्रदेश बाहेक ६ वटै प्रदेशमा सरकारको हिस्सेदार बनेको छ ।”

“गत भदौ ९ गते पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमालेबाट विभाजित भएर नेकपा एस गठन भएसँगै यो दलले महत्वपूर्ण राजकीय जिम्मेवारी प्राप्त गर्दैआएको छ ।”

“केन्द्रमा पनि उक्त दलले ४ वटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्यन, श्रम तथा रोजगार, शहरी विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेको छ ।”

“नेकपा एसका चार मन्त्री र एक राज्यमन्त्रीले जिम्मेवारी प्राप्त गरे । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा नेकपा एसका मन्त्री छन् ।प्रदेश २ मा भने मन्त्रालयको विषयमा सहमति जुट्न नसक्दा सरकारमा सहभागी भएको छैन । मुख्यमन्त्रीज्युले अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुपर्छ भन्नु भएको छ ।”

“उहाँले १-२ दिनको समय माग गरेको कारण रोकिएको होु केन्द्रीय सदस्य श्रीप्रसाद साहले भने । तर यसअघि गठबन्धन दलबीच भएको सहमति अनुसार प्रदेश २ मा नेकपा एसले २ मन्त्री र १ राज्यमन्त्री प्राप्त गर्ने भनिएको थियो ।उक्त दलले अर्थ वा आन्तरिक मामिला जस्तो महत्वपूर्ण मन्त्रालयमाथि दाबी गरेको छ । गठबन्धनले भने अहिले मुख्यमन्त्रीसँग रहेका मन्त्रालय लिनका लागि आग्रह गरेको छ ।”

“यस्तै सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल भएको भन्दै नेकपा एसले प्रदेशको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । उक्त दलको सुदूरपश्चिम इन्चार्ज रहेकी गरिमा शाहले सबैभन्दा ठूलो दलको हैसियत नेकपा एस रहेको भन्दै अध्यक्ष माधवकुमार नेपालसँग यहाँको नेतृत्व पाउनुपर्ने भन्दै लिखित रुपमा माग गरेको बताएकी छन् ।”

“कर्णाली प्रदेशमा पनि नयाँ बन्ने सरकारमा नेकपा (एस) सहभागी हुने तयारीमा छ । जहाँ तत्कालीन नेकपा एमालेले प्रदेशको जारी गरेको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर सरकार जोगाउन भूमिका खेल्ने तीन मन्त्री बाहिरिएका छन् । त्यस समयमा एमालेका चार सांसद्‍ले प्रदेशसभामा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका थिए ।”

“ह्वीप उल्लंघन गरेपछि पार्टीबाट निष्कासित भएका चारमध्ये तीनजना गैरसंसद्‍को हैसियतमा एमाले विभाजित नहुँदै कर्णाली प्रदेशमा मन्त्री बनेका थिए । ६ महिने कार्यकाल पूरा गरेका उनीहरूको स्थानमा सो दलले अहिले नयाँ सांसद् पठाउन खोजेको छ ।”

“सोमबार साँझ मात्रै शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिएका छन् । उनको स्थानमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने तयारीमा छन् ।शाहीको नेतृत्वमा बन्ने सरकारमासमेत नेकपा एस सहभागी हुने पक्कापक्की छ । विभाजनको छोटो समयमै सत्ता साझेदारी गर्ने हैसियतमा पुगेको नेकपा एसले गण्डकीमा भने प्रभाव जमाउन सकेको छैन । गण्डकी प्रदेशसभामा नेकपा ९एस०का एकजना पनि सांसद् छैनन् ।”

तपाईको प्रतिक्रिया