“देउवालाई विदा दिनुपर्छ, भन्दै शसांक कोइराला, नै मैदानमा उत्रियपछि, देउवाललाई तनाब !”
2021, November 1st, Monday

हाम्रो खबर संबाद दाता

“नेपाली कांग्रेसका महामन्त्री डा शसांक कोइरालाले आइतबार नेपाली कांग्रेस महाभारत गाउँकार्यसमितिको आयोजनामा भएको शुभ दिपावली, छठ र नेपाल संबदको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति शेरबहादुर देउवालाई सभापतिबाट विदा दिनुपर्ने बताएका छन् ।”

“अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ, मेरो व्यक्तिगत विचारमा उहाँलाई आउदो महाधिवेशनमा विदा गर्नुपर्छ ।”

“महामन्त्री कोइरालाले भने, ‘अवको नेतृत्व परिवर्तन हुनु पर्छ ।, युवाहरूलाई आकर्षित गर्ने नेतृत्वको आवश्यकता छ । त्यस्तो नेतृत्व चुन्नु पर्छ ।’ नेपाली कांग्रेसको नेतृत्वमा परिर्वतन गर्नुपर्ने कोइरालाले बताएका छन् ।”

“अवको दिनमा युवाहरूलाई स्थान दिनुपर्ने उनको भनाई छ । ४० वर्ष भन्दा कम उमेरका युवाहरूलाई आकर्षित गर्दै ४० देखि ६० वर्षभित्रका युवाहरूले नेतृत्व गर्नुपर्ने उनले बताएका छन् ।”

“कांग्रेस एकजुट नभएका कारण कांग्रेसलाई कांग्रेसले नै हराउने उनले बताएका छन् ।‘नेपाली कांग्रेसलाई एमाले, माओवादी लगायत कुनै पनि पार्टीले हराउन सक्दैन, कांग्रेसलाई निर्वाचनमा कांग्रेसले नै हराउछ ।’ उनले भने, ‘आगामी हुने महाधिवेशनबाट हामी सबै एकजुट हुनुपर्छ ।”

तपाईको प्रतिक्रिया