हाम्रोखबर संवाददाता 325 Views
“काठमाडौं, १५ कात्तिक । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले तीन तहकै चुनावमा गठबन्धन बनाउने निश्चितप्रायः छ । तत्कालीन नेकपा हुँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा थिए । उनीहरुको केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने प्रयास विफल भयो । त्यसपछि नेकपा फुट्यो । त्यसपछि एमाले पनि फुट्यो ।”
“माओवादी र नेकपा एस फरक पार्टी भएपनि चुनावसम्म एकीकरण हुने या गठबन्धन बन्ने सम्भावना बलियो छ । प्रचण्ड र माधव नेपाल दुवैले यसको संकेत गर्दै आएका छन् ।”
“प्रतिनिधि सभाको निर्वाचनसम्म पुग्दा माओवादी र नेकपा एस मिलेर चुनावमा जाने रणनीति बनिसकेको छ । त्यसका लागि उनीहरु मापदण्ड बनाएर बढ्ने बुझिएको छ । चुनावमा प्रचण्ड र माधव नेपाल मिलेर गएका कस्तो परिणाम आउला ?”
“नेकपा एमालेसँग विगतमा गठबन्धन बनाउँदा माओवादीले ठूलो सफलता हासिल गरेको थियो । एमाले फुटेर बनेको एससँग भने माओवादीको गठबन्धन बन्दा आउने परिणामको आँकलन कठिन छ ।”
“२०७४ सालको निर्वाचनमा माओवादीका ५९ प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ३६ जनाले जीत हासिल गरेका थिए । जसमध्ये १२ जनाको १० हजारभन्दा बढी मतान्तर देखिएको छ । ९ जनाले ७ हजार, ५ जनाले ५ हजार, ६ जनाले ३ हजार, २ जनाले २ हजार र १ जनाले ५ सय मतान्तरले जीत हासिल गरेका थिए । यसलाई केलाउँदा माओवादीको आगामी चुनावमा १२ प्रत्यक्षतर्फको सिट मात्र सुनिश्चित भन्न सकिन्छ । ती सिटहरु माओवादीको पकड क्षेत्र पनि हुन् ।”
“रोल्पा, रुकुम पूर्व र पश्चिम, सल्यान, जाजरकोट, काभ्रे, चितवन जस्ता जिल्लामा माओवादीको प्रभाव बलियो छ । रौतहटलगायत तराईका केही जिल्लामा पनि माओवादी बलियो छ । तर, राजनीतिक भूगोल बलियो बनाएका प्रभु साह जस्ता नेताले माओवादी छाडेका छन् । यसको असर चुनावमा पर्न सक्छ ।”
“एमालेबाट माधवकुमार नेपालले २० देखि २५ प्रतिशत शक्ति तानेर फुटेको आँकलन गर्ने हो भने माओवादीसँगको गठबन्धनमा थप ९ सिटमा जितको सम्भावना रहनसक्छ । ती सिटमा माओवादीले ७ हजार मतान्तरले जितेको थियो । यसलाई जोड्दा माओवादीले प्रत्यक्षतर्फ १५ सिट जित्ने निश्चित जस्तै हुन्छ । समानुपातिकतर्फ १७ सिट जितेको थियो । त्यसमा केही तलमाथि मात्र हुन सक्छ । उसले अधिकतम २० सिट समानुपातिकतर्फ जित्न सक्छ । यसलाई जोड्दा माओवादीले नेकपा एससँग गठबन्धन गरेमा ३५ देखि ४० सिट ल्याउन सक्छ ।”
“नेकपा एससँग २३ सिट छ जसमा १२ प्रत्यक्ष निर्वाचित सांसद हुन् । तीमध्ये राजनीतिक भूगोल बलियो भएका विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठ हुन् । यसकारण पनि उनीहरुलाई मन्त्री बनाइएको छ । नेकपा एसले प्रत्यक्षतर्फ अहिलेको जति सिट जित्न कठिन छ । माओवादीसँगको गठबन्धनले त्यो सम्भावना बलियो हुन्छ ।”
“नेकपा एमालेको ३० र नेकपा एसको ११ गरी एकीकृत हुँदा ४१ सिट समानुपातिकतर्फ थियो । माधव नेपालले एमालेको २० देखि २५ प्रतिशत शक्ति आफूतर्फ लगेको आँकलनको आधारमा अहिलेकै जति ११ सिट ल्याउन सक्छन् । यसरी जोड्दा नेकपा एसले माओवादीसँग गठबन्धन गरेमा अहिले जत्तिकै सिट संख्या पुर्याउन सक्छ । माओवादी र नेकपा एसको गठबन्धन बनेमा दुवैको जोड्दा प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकतर्फ गरी ७० देखि ८० सिट आउन सक्छ ।”
“तर, प्रचण्डले जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य किरणलगायत कम्युनिस्ट तथा गैरकम्युनिस्ट घटकलाई गठबन्धनमा तान्न खोजेका छन् । त्यस्तो अवस्थामा भने गठबन्धनले सिट संखया बढाउन सक्छ ।”
“फुटको असर भने कम्युनिस्ट पार्टीहरुमा चुनावमा पर्न जाने निश्चित छ । २०५४ मा एमालेबाट फुटेर गएको नेकपा मालेले २०५६ को चुनावमा देशभर कुनै निर्वाचन क्षेत्रमा जित्न सकेन । नेकपा एमालेको पनि २०५१ को चुनावी परिणामभन्दा सिट संख्या घट्यो । पुरानो घटनालाई आधार मान्दा सबैभन्दा नोक्शान एमाले र एसलाई पर्न जान्छ । तर, एस माओवादीसँग गठबन्धन बनाएर जानसक्छ ।”
“२०६५ को पहिलो संविधानसभा चुनावमा माओवादीले अभूतपूर्व सफलता हासिल गरेको थियो । त्यतिबेला प्रचण्ड, डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, बादल, विप्लव सबै एक ठाउँमा थिए । प्रचण्ड पूर्वमाओवादी एकतामा कम्मर कसेर लागेका छन् । बादलबाहेक अरु एकढिक्का हुने सम्भावना पनि छ । त्यस्तो वातावरण विकास भएर माधवकुमार नेपाल पनि मिलेर गएमा प्रचण्डले विगतकै इतिहास दोहोराउन सक्छन् । उनको महत्वाकांक्षी योजना पनि यस्तै बुझ्न सकिन्छ । जसको उनले खुलासा गरिसकेका छन् ।-File Photo
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)