“एमसीसी, लागू भएको, छैन, मागियो, कर्मचारी !
2021, October 31st, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) विरुद्ध चौतर्फी विरोध भइरहेको बेला नेपालस्थित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) ले तीन जना कर्मचारीको माग गरेको छ ।”

“बिहीबार एमसीएको नेपाल विकास बोर्डले सूचना जारी गर्दै सडक मर्मत तथा प्राविधिक सहयोगका लागि आयोजना व्यवस्थापक, योजना व्यवस्थापकर सञ्चार विज्ञ गरि तीन पदमा कर्मचारी माग गरेको हो ।”

“माग गरिएका कर्मचारीको योग्यता स्नातक तह उत्तीर्ण भई एमसीएले तोकेबमोजिम सम्बन्धित कार्यका लागि अनुभव पनि चाहिने सूचनामा उल्लेख छ ।”

“योजना व्यवस्थापक पदका लागि स्नातक उत्तीर्ण भई अकाउन्टिङ, बैंकिङलगायत क्षेत्रमा ७ वर्ष अनुभव लिएको हुनुपर्ने भनिएको छ । योजना व्यवस्थापकका लागि सिभिल इन्जिनियरिङ, इन्जिनियरिङलगायत गरि सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव हासिल गरेको हुनुपर्ने छ भने सञ्चार विज्ञको पदका लागि मास कम्युनिकेसन, डिजिटल कम्युनिकेसन्स वा सो सरहको क्षेत्रमा स्नातक हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।”

“साथै, सञ्चार विज्ञ पदका लागि डिजिटल मिडिया र ब्रान्ड प्रबन्धलगायत क्षेत्रमा पाँच वर्षको अनुभव पनि आवश्यकता रहेको सूचनामा उल्लेख छ ।”

“एमसीएले जुनसुुकै जाति, वर्ग, धर्म, समुदायका उम्मेदवारले आवेदन दिन सक्ने भनेको छ । तर, एमसीसी नेपालमा लागू नभइ कर्मचारी मागेकाे छ ।”

तपाईको प्रतिक्रिया