“नेपाल प्रवेश गर्ने, भारतीयले आजदेखि, परिचयपत्र देखाउनुपर्ने”
2021, October 31st, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडौँ, १४ कात्तिक। नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि सीमामा कडाइ सुरु गरिएको छ । नेपाल र भारतबीचको खुला सिमानाको फाईदा उठाइ अफगानिस्तान, पाकिस्तान, बंगलादेशलगायत तेस्रो देशका नागरिक अबैध ढंगले नेपाल प्रवेश गर्न थालेपछि सीमामा कडाइ गरिएको हो ।”

“नेपाल सरकारको अनुरोधबमोजिम भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई सीमामा कडाइ गरिएको जनाइएको छ । नयाँ व्यवस्थाअनुसार नेपाल आउने भारतीयले सीमा प्रवेश गर्नुअघि नागरिकता, भारतीय आधार कार्ड, चालक अनुमतिपत्र र शैक्षिक परिचयपत्रमध्ये एउटा अनिवार्य देखाउनु पर्छ ।”

“यो पनि”पासपोर्ट बनाउने,को भीड”पि’सा’ब  फेर्न जान पनि पालो मिचिने डर”

“काठमाडौं । काठमाडौंमा राहदानी (पासपोर्ट) बनाउनेहरुको लामो लाइन लागेको छ ।””राहदानी विभाग अगाडिको, लाइन उत्तर ढोकासम्म पुगेर घुमेको छ । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउने गरिन्छ । पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन् ।”

“छिटो पालो पाइने ,आशाले चार बजे बिहानैदेखि लाइनमा बसेको एकजना सेवाग्राहीले बताए । ‘बिहान चार बजे लाइन बसेको बल्ल पालो आयो’, उनले भने ।”

“उनले भने, एकछिन, लाइन छोड्दा पालो मिचिन्छ भन्ने डरले पिसाब फेर्न जानसमेत पाइएन ।’ धेरैजसोले, लाइनमा बसुन्जेल शौच गर्न साह्रै समस्या भएको गुनासो गरेका थिए ।”

“अमेरिकी डिभी चिट्ठा खुलेदेखि, पासपोर्ट बनाउन आवेदन दिनेहरुको संख्या बढेको राहदानी विभागका कर्मचारीहरु बताउँछन् ।”

तपाईको प्रतिक्रिया