“मेटमणि चौधरीको भविष्यवाणी : चुनावपछि,एमाले र नोकिया मोबाइल उस्तै”
2021, October 31st, Sunday

हाम्रोखबर संवाददाता

“काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मेटमणि चौधरीले आगामी चुनावपछि नेकपा एमालेको अवस्था नोकिया मोबाइल फोनजस्तो हुने भविष्यवाणी गरेका छन् ।”

“शनिबार शंखरापुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी चुनावपछि अहिले काम नलाग्ने भएको तर, कुनै समय ब्राण्ड बनाएको नोकिया फोनजस्तै एमालेको अवस्था हुने चौधरीले भविष्यवाणी गरे ।”

“कार्यक्रममा चौधरीले भने, ‘चुनावपछि एमालेको हालत नोकिया मोबाइलको जस्तै हुन्छ । एक समय राम्रो ब्राण्ड भ्यालु भएको नोकिया अहिले काम लाग्दैन । मान्छेले किन्दैनन् । हेरिराख्न्नुस्, त्यसैगरी एमालेलाई पनि अब जनताले पत्याउँदैनन् ।’”

“एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुमतका साथ चुनाव जित्ने भन्ने कुरा हावा भएको उनको भनाइ छ । ओलीलाई अक्षम व्यक्तिको संज्ञा दिँदै एमालेले भोट दिने आधार के भन्दै चौधरीले प्रश्न गरे ।”

“आगामी चुनावले नेकपा (एस) देशमा पहिलो पार्टीका रुपमा स्थापित हुने भविष्यवाणी गरे । दुई महिनाको अवधिमा ७५३ स्थानीय तहका वडामा पार्टी मजबुत भएको बताउँदै नयाँ पार्टीले २०६४ सालको चुनावको जस्तै मत बटुल्ने पनि ठोकुवा गरे ।”

तपाईको प्रतिक्रिया