हाम्रोखबर संवाददाता 227 Views
“हेटौंडा । नेपाली कांग्रेस मकवानपुरमा एमालेसहित विभिन्न राजनीतिक दलका ५ सयभन्दा धेरै नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।मकवानपुर जिल्लामा विभिन्न स्थानमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा एमालेसहितका दलका ५ सय १० जना कांग्रेसमा प्रवेश गरेका हुन् ।”
“कांग्रेस हेटौंडा उपमहानगर समितिले तिहार, छठ, नेपाल सम्वत् तथा क्रिसमसको उपलक्ष्यमा शनिबार शिहान जिल्ला पार्टी कार्यालयमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा एमालेका जिल्ला सदस्य विष्णुगोपाल महर्जन तथा घरजग्गा व्यवसायी संघका अध्यक्ष ध्रुव घिमिरेसहित एमाले, माओवादी केन्द्र र राप्रपाका २ सय १५ जना कांग्रेसमा प्रवेश गरेका छन् ।”
“कांग्रेसको हेटौंडा उप–महानगर सभापति उत्सव ईटेनीको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।”
“नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै नेतृ उपाध्यायले कम्युनिष्टको भ्रष्टचार, अत्याचार र झुटो आश्वासनले गर्दा जनतामा कांग्रेसप्रति आकर्षण बढेको बताइन् । उनले कम्युनिष्टको गढ मानिने मकवानपुरसहित देशभरि कांग्रेसले दुईतिहाई मत ल्याउने दाबी गरेकी छिन् ।”
“कांग्रेस नेता बानियाँले कम्युनिष्टहरू झुटको पुलिन्दा आश्वासन मात्रै बाढ्ने र चरम भ्रष्टाचारमा लिप्त भएको देखेर आम जनता आजित भएको बताए । बानियाँले कांग्रेसले जे बोल्छ त्यो मात्रै गर्ने देखेर जनताले कांग्रेसलाई विश्वास गरेको बताए ।”
“कांग्रेसले नवप्रवेशीलाई योग्यता र क्षमताको आधारमा पार्टीमा स्थान दिने तथा अब कांग्रेसलाई सुद्धीकरण र सुदृढीकरण अभियान थाल्ने नेता बानियाँले बताए ।बानियाँले विगतमा मैले यो गरेँ, त्यो गरेँ भन्दै अहिले केही नगरी ब्याज मात्रै खाएर बस्नेहरूले पार्टी र कार्यकर्ताहरूलाई थप उर्जा दिन नसक्ने बताए ।”
“मकवानपुर गढी गाउँपालिका–३ र ४ को आयोजनामा शनिबार नै भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय ९५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।कांग्रेस गढी गाउँपालिका–४ का वडा सभापति सुभाष सापकोटाको सभापतित्व तथा नेता बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले, माओवादी केन्द्र, राप्रपालगायतका पार्टीबाट २ सय ९५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।”
“नवप्रवेशीहरूलाई कांग्रेस नेता बानियाँले सदस्यता दिएर पार्टीमा स्वागत गरेका छन् ।शनिबार नै हेटौंडा उप–महानगरपालिका– १० मा वडा सभापति युवराज लामाको सभाध्यक्षतामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको थियो ।”
“विभिन्न कार्यक्रमहरूमा संविधानसभा सदस्य शोभाकर पराजुली, पार्टी सचिव बुद्ध लामा, निर्वतमान नगर सभापति आनन्दराम पराजुली, नगर उप–सभापति रामकृष्ण कोइराला, मकवानपुर गढी गाउँपालिका सभापति राजविर मुक्तान, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, गढी–३ का सभापति विजय लामा थोकर, नवप्रवेशीहरू एमाले जिल्ला सदस्य महर्जन, घिमिरे, सन्दिप शाक्य, दीपक ढुंगानालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।”
“कार्यक्रमहरुमा जिल्ला पार्टीका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदीप कोइराला, जिल्ला सल्लाहकार तथा नेविसंघ केन्द्रीय महामन्त्री प्रभात दाहाल, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं रेडियो नेपालका उपनिर्देशक नवराज लम्साल, जिल्ला सदस्यहरू, महाधिबेशन तथा महासमिति सदस्यहरू, भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।”
“बागमती प्रदेशमा एमालेको सरकार ढलेसँगै एमालेभित्र पहिरो जान थालेको छ । कांग्रेसका नेता बानियाँले एमालेसहित विभिन्न दलका नेता कार्यकर्तालाई कांग्रेसमा धमाधम प्रवेश गराइरहेका छन् ।””
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)