“३३ किलो सुन काण्डका, नाइकेलाई ,अर्थमन्त्रीको यति ठूलो उपहार, जनता आक्रोशित”
2021, October 31st, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडौ। सुशासन र पारदर्शिताको गफ दिएर नथाक्ने माओवादी नेता एवं अर्थमन्त्री जनार्दन शर्माका पनि लोभ÷ लालचमा फस्न थालेका छन्। त्यही लाभ लिएर ३३ किलो सुन काण्डमा मुछिएका नारायण सापकोटालाई भन्सार विभागको महानिर्देशक नियुक्त गरेको चर्चा चलेको छ।”

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका तत्कालीन प्रमुख सापकोटाकै पालामा ३३ किलो ५७७.४० ग्राम सुन तस्करी भएको थियो। जसको छानविनमा प्रहरीका एसएसपीदेखि व्यापारी र भन्सारका अधिकृतसम्म तानिएका थिए। उनै सापकोटालाई शर्माले फेरी भन्सार विभागको महानिर्देशक बनाएका छन्।”

“जनार्दनले अर्थमन्त्रीमा आएलगत्तै सुरुमा पूर्वप्रधानमन्त्री पुष्पमकमल दाहाल ‘प्रचण्ड’का सल्लाहकार रहेका प्राडा श्रीराम पौडेलका ज्वाई मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा नियुक्त गरेका थिए।”

“त्यसपछि उनले मासिक १८ लाख तलव सुविधा भएको एशियाली विकास बैंकको सल्लाहकारमा उपसचिवलाई हटाएर शाखा अधिकृत आफ्ना भान्जीज्वाईँ भीमकान्त न्यौपानेलाई पठाउने निर्णय गरेका थिए।”

“अहिले आएर जनार्दनले एनसेलको ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली प्रकरणमा मुछिएका शोभाकान्त पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएका छन्। पौडेलकै योजनामा एनसेल लाभकरबाट उम्केको बताइन्छ।”

“एनसेल उम्काउन पौडेलले आर्थिक लाभ लिएको खबरहरु बाहिर आइसकेको छ। तत्कालीन महानिर्देशक चुडामणि शर्मा र पौडेलको समन्वयमा एनसेलबाट नेपाललाई प्राप्त हुने ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली भएको भनेर अदालतमा मुद्दा समेत परेको थियो ।”

“यसमा फैसलासमेत भइसकेको छ। यी र यस्ता घटनाले अर्थमन्त्री शर्माको कद घटाएको छ। यस्तै कार्य जारी रहे सत्ता गठबन्धन समेत भत्कनेमा शंका नरहेको श्रोतको भनाइ छ।”

“शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको फाइदा उठाउँदै जनार्दनले परिवारवाद लाद्नेदेखि भ्रष्टाचार तथा अनियमिततामा मुछिएका मान्छेलाई विभिन्न नियुक्ति दिएर सुशासनको धज्जी उडाएका छन्। अर्थमन्त्री  शर्माको यो निर्णय संगै जनता आक्रोशित भएका छन्।”

तपाईको प्रतिक्रिया