“महेन्द्रनगर आउँदै ,गरेको बस डडेल्धुरामा, दुर्घटना, १० जना घाइते”
2021, October 31st, Sunday

हाम्रोखबर संवाददाता

“धनगढी– दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा १० जना घाइते भएका छन्। आलिताल गाउँपालिका-१ स्थित घण्टेश्वर मन्दिर नजिकै ना८ख ६१३२ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।”

“प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसमा ३२ जना सवार थिए। घाइतेहरूलाई उपचारका लागि धनगढी ल्याइँदै छ।”

“घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका-८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार-६ का ३० वर्षीय देवदत्त जोशी”

“पुर्चौँडी नगरपालिका-१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका छन्। अन्य तीन जना घाइतेको पहिचान हुनसकेको छैन।”

तपाईको प्रतिक्रिया