“प्रचण्डले अब चितवनमा, कसरी चुनाव,जित्छन् हेरौँला” :देवी ज्ञवाली”
2021, October 30th, Saturday

हाम्रो खबर संबाद दाता

“नेकपा एमालेका नेता देवी ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड फेरी चुनाव लड्न चितवन नआउँने बताएका छन् ।”

“ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा नेता ज्ञवालीले प्रचण्ड फर्केर चितवन चुनाव लड्न आउँछन् जस्तो आफुलाई नलागेको बताएका छन् । कुन मुख लिएर चुनाव लड्न चितवन आउँन सक्छन् मलाई पटक्कै विश्वास छैन उनले भनेका छन् ।”

“प्रचण्ड चितवनमा चुनाव लड्ने गरि आउँछन् जस्तो नलागेको यदि आएछन् भने राम्रो सँग हिसाब किताब गर्न पनि एमाले तयार रेहेको ज्ञवालीले बताएका छन् । चुनावी मैदानमा हिसाब किताब गर्न तयार रहेको उनले बताए ।”

“प्रचण्डको निर्वाचन क्षेत्र नै नभएको भन्दै ज्ञवालीले यस अघि कहिले काठमाडौँ कहिले रोल्पा त कहिले सिराह गरेर डुलेको र अघिल्लो निर्वाचनमा एमालेले साथ दिने भए पछि चितवन आइपुगको भन्दै अब हारिन्छ भन्ने राम्रो सँग वुझेकाले प्रचण्ड चितवन आउँनेले ज्ञवालीको अनुमान छ ।”

“अन्तवार्ताका क्रममा ज्ञवालीले भनेका छन् माओवादी भन्ने पार्टी कस्तो देखीयो भने एजेरु भन्ने एउटा वनस्पती हुन्छ जुन माटोमा बस्दैन, बनस्पतीमा मात्रै बस्छ ,उसको विशेषता के हो भने जुन विरुवामा उ जन्मिन्छ र हुर्किन्छ त्यहि विरुवालाई मार्दिन्छ ।”

“माओवादी एक्लै कँही चुनाव जित्न सक्दैन कहिले एमालेलाई समात्छ ,कहिले काग्रेसलाई समात्छ , काग्रेसलाई समात्यो भने त्यही झगडा गराउँछ एमालेलाई समात्यो भने पनि त्यहि झगडा लगाएर पार्टी फुटाउँन खोज्छ त्यसैले वनस्पतीमा एजेरु र राजनितीमा माओवादी एकै हो । ज्ञवालीले भनेका छन् ।”

तपाईको प्रतिक्रिया