“५९ सांसद,को समर्थन,सहित,मुख्यमन्त्रीमा पाण्डेको दाबी”
2021, October 27th, Wednesday

हाम्रोखबर संवाददाता

“कात्तिक, हेटौंडा । पाँच दलीय गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ ।”

“मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । ”

“पाँच दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।”

“पाण्डेले ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् । १०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ”

तपाईको प्रतिक्रिया