“चोलेन्द्रले मात्रै होइन, देउवाले पनि, राजिनामा दिनु पर्ने कुरा, जोडतोडले उठ्यो !”
2021, October 27th, Wednesday

हाम्रो खबर संबाद दाता

“मन्त्रीपरिषदमा भाग खाएर विवादमा आएका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको राजिनामा मागेर न्यायाधिश देखी अधिवक्ता सम्मले विषय चर्काएका छन् ।”

“मन्त्रीपरिषदमा भाग खाने चोलेन्द्र शमरशेर राणाले मात्रै राजिनामा दिनु पर्ने अनी न्यायपालिकालाई कार्यपालीकाको भाग दिने प्रधानमन्त्री शेरबहादुर देउवाले चाँही राजिनामा दिनु नपर्ने किन हो ?भन्ने बहस उठ्न थालेको छ।”

“राजीनामा चोलेन्द्रको मात्रै होइन परमादेश बाट प्रधानमन्त्री बनाइएका शेरबहादुर देउवाले पनि दिनु पर्ने आवाज जोड तोडले उठ्न थालको छ । कपिपयले त देउवा र चोलेन्द्र मात्रै होइन परमादेश बाट प्रधानमन्त्री बनाउँने पाँचै जना न्यायाधिशले राजिनामा दिनु पर्ने बताएका छन् ।”

“चर्चित पत्रकार रवि लामिछानेले भाग खाने राणा र भाग दिने देउवा दुवैले राजिनामा दिनुपर्ने बताएका छन् । भाग खाने र दिने दुवै बराबर दोषी भएको भन्दै लामिाछानले एउटालाई दण्डीत गरेर अर्कोलाई उन्मुक्ती दिइन नमिल्ने बताए । देउवाले राजिनामा नदिने हो भने चोलेन्द्रले पनि दिनु नपर्ने लामिछानेले बताएका छन् ।”

“एमाले अध्यक्ष केपी ओलीले पनि परमादेश जारी गरेर प्रधानमन्त्री तोक्ने पाँचै जना न्यायाधिशहरुले राजिनामा दिनु पर्ने विचार व्यक्त गरेका छन् । एक जना चोलेन्द्रको मात्रै राजिनामाले समस्याको समाधान हुन नसक्ने भन्दै ओलीले परमादेश जारी गरेर देशलाई यो अवस्थामा पुर्याउँने दोष परमादेश जारी गर्ने सबै न्यायाधिशलाई दिएका छन् ।”

“यता नेपालका लागी नेपाली पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले भाग लिने र दिने दुवै बराबर दोषी भएको भन्दै चोलेन्द्र र देउवा दुवैले राजिनामा दिनु पर्ने बताएका छन् । यति घिनलाग्दो कुरा कल्पनानै गर्न नसकिने भन्दै भण्डारीले अक्रोस व्यक्त गरेका छन् ।”

“ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा डा भण्डारीले देउवा चोलेन्द्र दुवैले राजिनामा दिनु पर्ने मत राखेका छन् । यो बिषय परमादेश सँग पनि जोडिएको छ र परमादेश जारी गरे बापत भाग खाने दिने गरिएको हो भने परमादेश जारी गर्ने सबै न्यायाधिशहरुले राजिनामा दिनु पर्ने भण्डारीको मत छ ।”

तपाईको प्रतिक्रिया