“टी २० : पाकिस्तान,को जीतमा,खुसी व्यक्त गर्दा, राजस्थानका, शिक्षिकाको जागिर चट”
2021, October 26th, Tuesday

हाम्रो खबर संबाद दाता

“राजस्थान : टी २० खेलमा पाकिस्तानले जितेको खुसीयाली मनाउँदा भारतको राजस्थानमा एक शिक्षिकाको जागिर गुमेको छ । पाकिस्तानको जीतमा खुसी व्यक्ति गरेको भन्दै राजस्थानस्थित निजी स्कुलकी शिक्षिकाको जागिर गुमेको हो ।”

“भारत र पाकिस्तानबीच आइतबार भएको टी २० क्रिकेट खेलमा पाकिस्तानले जीत हाँसिल गरेको थियो । राजस्थानको उदयपुरस्थित निर्जा मोदी विद्यालयकी शिक्षिका नफिजा अत्तारीले सो जीतको समर्थन गरेको भन्दै उनलाई जागिरबाट निकाला गरिएको इन्डिया टुडेमा खबर छ ।”

“आइतबार भएको खेलमा भारतविरुद्ध पाकिस्तानले जितेपछि नफिजाले ‘हामीले जित्यौ’ भन्दै ह्वाट्सएपमा स्टाटस राखेकी थिइन् । नफिजाको सो स्टाटसले सामाजिक सञ्जालमा क्षणभरमै चर्चा कमाएको थियो ।”

“सो स्टाटस विद्यालय व्यवस्थापन समितिसमक्ष पुगेको केहि बेरमै नफिजालाई समितिले जागिरबाट निकालेको थियो “

तपाईको प्रतिक्रिया