“प्रधानन्यायाधीशले, सत्तामा भाग, खोज्नुमा, ओलीको पनि दोष छ : शेखर कोइराला”
2021, October 26th, Tuesday

हाम्रोखबर संवाददाता

“नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सरकारमा भाग खोज्नुमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि उत्तिकै दोष रहेको बताएका छन्।”

“प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग उठिरहेका बेला राजनीतिक दलहरू यो विषयमा मौन छन्। यसबारे कोइरालासँग गरेको कुराकानीमा उनले कांग्रेस चुप भए पनि आफूले भने कुरा राखिरहेको बताए।”

‘नेपाली कांग्रेस चुप छ तर मैले न्यायालयको विवादमा आफ्नो धारणा राखेको छु। प्रधानन्यायाधीश आफैं न्यायालय प्रमुख भएकाले न्यायपालिकालाई सही बाटोमा राख्ने जिम्मेवारी उहाँको हो।”

“न्यायपालिकाले निष्पक्ष र स्वतन्त्र काम गर्ने हिसाबले उहाँले सोच्नुपर्यो। न्यायाधीश र वकिलहरूले नै न्यायालयभित्र प्रधानन्यायाधीशको विरोध गरिरहेका देखिन्छन्,’ उनले भने।”

“प्रधानन्यायाधीशले निकासबारे सोच्नुपर्ने पनि कोइरालाले बताए।‘त्यहाँबाट कुनै निकास निस्केन भने संसद आएपछि महाअभियोगको कुरा पनि आउला। अहिले सबैले न्यायपालिका कसरी बचाउने भनेर सोच्नुपर्छ,’ उनले भने।”

तपाईको प्रतिक्रिया