“कांग्रेसलाई ठूलो पार्टी, बनाउन जतिसक्दो, छिटो निर्वाचनमा, जानुपर्छ : नेता भण्डारी”
2021, October 26th, Tuesday

हाम्रो खबर संबाद दाता

“दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले मुलुकलाई निकास दिन ताजा जनादेश अपरिहार्य भएकोले जतिसक्दो छिटो निर्वाचनमा जानुपर्ने बताएका छन् ।तनहुँ जिल्लाको भानु नगरपालिका–१३ स्थित सिद्धबाबा युवा क्लवद्वारा आइतबार आयोजित सिद्धबाबा युवा कपको समापन समारोहलाई सम्बोधन गर्दै भण्डारीले छिटो निर्वाचन गर्नुपर्ने बताए ।”

“पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले कांग्रेसका कार्यकर्ताहरूलाई निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले कांग्रेसलाई ठूलो पार्टी बनाउन छिटोभन्दा छिटो निर्वाचनमा जानुपर्ने उनले बताए ।उनले कम्युनिष्टहरूले चुनाव जितेपनि देश र जनताको हितमा केही काम गर्न नसकेको बताएका छन् । मुलुकलाई नेतृत्व गर्न कांग्रेसको आवश्यक्ता रहेको भन्दै भण्डारीले ताजा जनादेशमा जान आवश्यक रहेको बताएका छन् ।”

“तनहुँको उत्तरी क्षेत्रको विकासका लागि कांग्रेसले जहिले पनि साथ दिने उनले बताएका छन् । उनले उत्तरी क्षेत्रमा खानेपानी, शिक्षा, स्वास्थ्य र विकास निर्माणलाई विशेष प्रथमिकतामा राखिने बताएका छन् ।भण्डारीले खेल क्षेत्रको विकासका लागि राज्यको तर्फबाट विशेष ध्यान पुग्नुपर्ने बताएका छन् ।ग्रमीण भेगमा हुने फुटलबसहितका खेलकुद प्रतियोगिताले प्रतिभाहरूको प्रस्फुटनमा धेरै सहयोग पुगेको भण्डारीले बताएका छन् ।”

“राज्यको तर्फबाट पनि विभिन्न प्रतियोगिताहरूको आयोजना गरी ग्रामीण क्षेत्रसम्म खेलकुद गतिविधिलाई चलायमान गराउँदै खेलाडीहरूलाई प्रोत्साहन गर्नुपर्ने नेता भण्डारीले बताएका छन् ।सिद्धबाबा युवा क्लवद्वारा आयोजित प्रतियोगितामा सयपत्री युवा क्लवले नाइन स्टार युवा क्लवलाई २–० गोल अन्तरले पराजित गरी प्रथम भएको थियो ।”

“विजयी खेलाडीहरूलाई नेता भण्डारीले ट्रफी र प्रमाणपत्रसहित पुरस्कार वितरण गरेका थिए ।”

तपाईको प्रतिक्रिया