“सरिता गिरी खुलेर, बोलिन् चोलेन्द्रको, पक्षमा ,कुनै हालतमा राजिनामा नदिन आग्रह”
2021, October 25th, Monday

हाम्रो खबर संबाद दाता

“राजिनामाको चरम प्रेसरमा रहेका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको पक्षमा बोल्ने मान्छे पनि भेटिएको छ ।राणालाई राजिनामाको लागी चौतर्फी दबाव बढिरहेका बेला पूर्व सांसद सरिता गिरि उनको बचाउँमा निस्किएका छन् । अहिले सम्म राणाको बचाउँमा बोल्न कसैले पनि खासै हिम्मत नगरि राखेको बेला गिरी राणाको पक्षमा दरो सँग उभिएकी छिन् ।”

“पूर्व सांसद गिरीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दबाबमा राजीनामा दिए लोकतन्त्र समाप्त हुने बताएकी छिन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै कसैको दबाबमा जबराले राजीनामा दिन नहुने बताएकी छिन् ।”

“गिरीले लेखेकी छिन्ः यदि प्रधानन्यायाधीशले दबाबमा राजीनामा गरे भने लोकतन्त्र समाप्त हुन्छ । राजनितीक व्यक्ती मध्येमा राणको पक्षमा बोल्ने गिरी सम्भवत पहिलो व्यक्ती हुन् ।”

“विस्तारै अवस्था चोलेन्द्रको नियन्त्रण बाहिर जान लागेको छ । तत्काल राजिनामाका लागी उनीमाथी चौतर्फी दबाव बढिरहेको छ । राजनितिक दलहरुको रहस्मय मौनता देखिँदा न्यायालय भित्रै र बाहिर पनि उनको विपक्षमा अभूतपूर्व एकता देखिएको छ ।”

तपाईको प्रतिक्रिया