कडा आलोचना!“प्रचण्ड भन्ने व्यक्ति अब नेपालमा प्रधानमन्त्री त के, वडाध्यक्ष पनि हुन सक्दैनन्! देश र जनताको लागि खलनायक हुन!-मुकुन्द घिमिरे
2020, November 2nd, Monday

admin

सदैव जस्तो सामाजिक संजालमा तर्क वितर्क गर्नेको मुख्य लिष्ट बनाउने हो भने एक दुई नम्बरमा भोजपुरका इन्जिनियर मुकुन्द घिमिरे पर्लान । घिमिरे आज भन्दा धेरै बर्ष पहिले रत्नपार्कबाट एकाएक रुखबाट सबैलाई भाषण दिएर चिनिएका हुन्।

घिमिरे सामाजिक संजालमा अभिव्यक्ति दिदै गर्दा प्रायः धेरै जसो ले गाली गलौज गरेको पाईन्छ तर उनी भन्छन् मुकुन्दल्याण्डको खोजकर्ताले लेखेको कुरा खासै अरुले बुझ्दैनन त्यसैले गाली गर्ने हुन।

मुकुन्द घिमिरेले इन्जिनियरिङ पूरा गरेको भनी बताउछन् तर अहिले उनी बेरोजगारी नै छन् । उनका कयौं अभिव्यक्तिहरु विवादास्पद हुन्छन् । कुनै कुनै भने सर्टिक तथा घोचिलो अनि पेचिलो तरिकाले दिई रहेका हुन्छन् ।

घिमिरे सामान्य नागरिक भए नी अहिले प्रायः संन्जालले गर्दा सबैले चिन्ने गर्दछन। उनले मुकुन्दल्याण्ड ल्याएर नै छाड्ने भनेर हरेक मिडियाहरुमा बोली सकेका छन् ।तर सम्भव होला नहोला त्यो भने हेर्न बाँकी छ ।

पछिल्ला दिनहरुमा विवादित मुकुन्द घिमिरे एकाएक समाजसेवामा देखा पर्दा धेरैजना आश्चर्य चकित परेको पाईएको छ । उनी भन्छन् ,दुखीलाई भएको सहयोग गर्नु पनि एक धर्म भएकोले फ्याट्ट फुट्ट सहयोग दिन गएको हुँ!

घिमिरेले पछिल्लो चरणमा नेकपा विवादमा आउँदै गर्दा अध्यक्ष प्रचण्डलाई अब प्रधानमन्त्री हैन वडाध्यक्ष पनि हुन नसक्ने बताएका छन् ।

घिमिरेले सामाजिक संजालमा यस्तो लेखेका छन्:

“प्रचण्ड भन्ने व्यक्ति अब नेपालमा प्रधानमन्त्री त के, वडाध्यक्ष पनि हुन सक्दैनन्, उनलेे यो दिनरातको किचलो बामदेव गौतमका लागि गरिदिएका हुन्।”

तपाईको प्रतिक्रिया