“सुडानमा ‘सैन्य कु’ : प्रधानमन्त्री देखी,मन्त्रीहरू” गिरफ्तार”
2021, October 25th, Monday

हाम्रो खबर संबाद दाता

“सुडानमा सैन्य कु भएको रिपोर्टहरू सार्वजनिक भएसँगै त्यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको छ । प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई पहिचान नखुलेका सिपाहीहरूले घरमै नजरबन्दमा राखिएको बीबीसीले जनाएको छ ।””

“सेनाले अहिलेसम्म ‘कु’ बारे केही प्रतिक्रिया नदिए पनि तर प्रजातन्त्र पक्षधर समूहले भने नागरिकलाई सडक आन्दोलनका लागि आह्वान गरेका छन्।”

“सन् २०१९ मा राष्ट्रपति ,उमर अल बसिरको सत्ता गुमेसँग्र सुडानमा अन्तरिम सरकार बनेको थियो। त्यतिबेला देखिन नै सेना र नागरिक सरकारका, बीचमा खटपट सुरु भएको थियो।”

“अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार राजधानी खार्तुममा इन्टरनेट सेवा बन्द गरिएको छ। सामाजिक सञ्जालमा पोस्ट भएका केही भिडियो र तस्बिरमा सडकमा टायर बालेर प्रदर्शनकारी प्रदर्शनमा उत्रिएको देखिएको बीबीसीले बताएको छ। त्यस्तै खार्तुम विमानस्थल बन्द गरिएको र सबै अन्तर्राष्ट्रिय उडान पनि स्थगित गरिएको जनाइएको छ।”

तपाईको प्रतिक्रिया