“भर्खरै आयो यस्तो, खबर चोलेन्द्र शमशेर,लाई आज सम्मकै, ठूलो झड्का”
2021, October 24th, Sunday

हाम्रोखबर संवाददाता

“जेठान प्रकरणमा नमज्जा सँग फसेका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई आज सम्मकै ठुलो झड्का लागेको छ ।”

“आज मात्रै नेपाल बार एसोसियसनका प्रतिनिधीसँग भेटघाट गरेका राणाले भोली सर्वोच्च अदालतमा फूलकोर्टको बैठक आयोजना गरेका छन् तर उनले आयोजना गरको बैठकमा सर्वोच्चका १४ जना न्यायाधिशरुले सहभागी नहुने निर्णय गरका छन् ।”

“१४ न्यायाधीशको आइतवार बसेको बैठकले भोलि बिहान ११ बजेपछि छुट्टै छलफल गर्ने निर्णय पनि गरेको छ । जसका कारण भोलिको इजलास अनिश्चित बनेको छ । उनीहरुले प्रधानन्यायाधिशको आचरणमा गम्भिर प्रश्न उठाएका छन् ।”

“ठूलो संख्यामा न्यायाधिशहरुको विचमा अभूतपुर्व एकता देखिएको छ । इजलास शुरू हुनुपर्ने समयमा न्यायाधीशहरूको बैठक बस्ने भएपछि इजलास अनिश्चित बन्ने भएको हो ।नेपाल बार एसोसिएसनका प्रतिनिधिसँगको भेटपछि प्रधानन्यायाधीश जबराले सोमवारका लागि फूलकोर्ट बैठक बोलाएका थिए ।”

“न्यायाधीशहरूको पछिल्लो अडानले सर्वोच्च अदालतभित्रको विवाद झनै पेचिलो बन्ने संकेत देखिएको छ ।प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भागबण्डा खोजेको भन्दै न्यायाधीशहरूले तीव्र असन्तुष्टि जनाएका छन् ।”

“न्यायालयमाथिको वर्तमान संकटको ठोस निकास न्यायिक नेतृत्वले नै दिनुपर्नेमा उनीहरूको जोड छ । न्यायाधिहरुको पछिल्लो निर्णयले विवाद क्याइमेक्समा पुगेको छ । चोलेन्द्रलाई तत्काल राजिनामा दिन चौतर्फी प्रेसर बढिरहेको छ।””

तपाईको प्रतिक्रिया