“एमाले प्रवेश,गर्नुअघि बीएण्डसीका सञ्चालक, दुर्गा प्रसाईंले, भने, ‘अब झापामा, माओवादी पत्तासाफ हुन्छ !”
2021, October 24th, Sunday

हाम्रोखबर संवाददाता

“झापाको बिर्तामोडस्थित विवादित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।​ प्रसाईंसहितका विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा जाँदैछन् ।”

“प्रसाईले यसअघि नेकपा माओवादी भएको बताउने गरेका थिए ।  बिर्तामोडस्थित सीटी सेन्टरमा आइतबार आयोजित कार्यक्रममा आफूसहित झण्डै चार हजार विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गर्ने तयारी भएको प्रसाईँले बताए ।”

“पार्टी प्रवेश गरेर ओलीको हातबाट टीका लगाउनुअघि प्रसाईंले रातोपाटीसँग भने, ‘अब झापाबाट माओवादी पत्तासाफ हुन्छ ।’ उनले टाउकाको मोल तोक्ने शेरबहादुर देउवा र कम्युनिस्टको वर्गशत्रु रहेको”

“काँग्रेससँग माओवादीले घाँटी जोडेकाले पार्टी छोड्ने निर्णयमा पुगेको दावी गरे ।  प्रसाईं यसअघि असोजमा काठमाडौमा सम्पन्न नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा पनि सहभागी थिए ।”

तपाईको प्रतिक्रिया