“चर्चित व्यवसायी, दुर्गा प्रसाई आज, ओलीको हातबाट टिका, लगाएर, एमाले प्रवेश गर्दै”
2021, October 24th, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, ७ कार्तिक । चर्चित व्यवसायी दुर्गा प्रसाई आज एमाले प्रवेश गर्ने भएका छन् । यसअघि उनी नेकपा (माओवादी केन्द्र) मा सक्रिय थिए । माओवादी केन्द्रले कम्युनिष्टको सरकार ढालेर कांग्रेसलाई नेतृत्वमा ल्याएको भन्दै प्रसाई रुष्ट बन्दै आएका थिए ।”

“एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईसहित हजारौंलाइृ एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको नेताहरुले बताएका छन् ।प्रसाईले पनि आफूसहित विभिन्न पार्टीका चार हजारको संख्यामा नेता/कार्यकर्ताले एमाले प्रवेश गर्ने जानकारी दिए ।”

“प्रसाईकै पहलमा यसअघि ओली र दाहालबीच पार्टी एकताबारे सहमति भएको चर्चा छ । त्यतिवेला दुवै नेताले प्रसाईको घरमा मार्सी चामलको भात खाएको समेत तस्विर सार्वजनिक भएको थियो ।”

“प्रसाईले झापामा अब माओवादीको नामो निशाना नरहने र पत्तासाफ हुने पनि सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । उनी प्रचण्डसँग निकट मानिन्थे । तर, पछिल्लो समय एमाले र माओवादी केन्द्र पूरानै अवस्थामा फर्किएपछि भने उनी एमालेतिर लागेका छन् । file photo/

तपाईको प्रतिक्रिया