“पश्चिमको यात्रा सकेर, प्रधानमन्त्री देउवा आज पूर्वी नेपालका ,बाढी प्रभावित क्षेत्रको निरीक्षणमा,
2021, October 24th, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) पूर्वी नेपालको भ्रमणमा जाँदै हुनुहुन्छ । पूर्वका बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न उहाँको टोली त्यतातर्फ जान लागेको हो ।”

“यसअघि सुदूरपश्चिम क्षेत्रका बाढी प्रभावित जिल्लाको भ्रमण गरेर फर्किएका प्रधानमन्त्री देउवाको टोली आज पूर्व जान लागेको हो । नेपाली सेनाको हेलिकप्टरबाट उहाँको टोली पूर्वका सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लाका बाढी–पहिरो प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ ।”

“यसैगरी प्रधानमन्त्रीे इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा पनि पुग्नुहुनेछ । त्यहाँ दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतसँग बाढी–पहिरोले पुर्याएको क्षति तथा राहतबारे संयुक्त छलफल गर्ने कार्यक्रम रहेको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।”

उक्त टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा–जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवालगायत रहेका छन् ।”

तपाईको प्रतिक्रिया