“देख्नु’भो त एमालेमा १० बुदेँ भन्ने, साथीहरु,को बिजोग : माधव नेपाल”
2021, October 23rd, Saturday

हाम्रोखबर संवाददाता

“काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमाले एकता गर्न बनाइएको १० बुँदे कार्यान्वयन कार्यदलको बिजोग देखिएको बताएका छन् ।”

“शनिबार पार्टीद्वारा सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष शुक्रबार कार्यदलका संयोजक भीम रावलले दिएको राजीनामाप्रति संकेत गर्दै १० बुँदेको बिजोग देखिएको बताए ।”

“उनले भने, ‘आदेशको पालना गर्‍यो भने स्यावास, उ बस्न पाउँछ । आदेको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन, १० बुँदेको ट्याउँ-ट्याउँ । अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग।’”

“एमालेमा अध्यक्ष केपी शर्मा ओलीको आदेश पालना गरे स्याबास भन्दै बस्न पाइने यदि आदेश पालना नगरे बस्न नपाइने पनि बताएका छन् ।”

“एमालेमा कुनै सम्मान र छलपल नगर्ने शैलीको निर्माण भए पछि आफूहरुले एमालेबाट विद्रोह गरेर बाहिरिएको प िउनले बताएका छन् ।”

तपाईको प्रतिक्रिया